टोकियो । जापानमा जन्मिएको नवजात शिशुहरुलाई लगाउने खोप एवं स्वास्थ्य सम्बन्धि एकदिने खोप तथा मातृशिशु स्वास्थ्य सम्बन्धि सेमिनार हुनेभएको छ ।

टोकियोको सुगिनामिकु मा  हुने सेमिनारमा जापानमा नै जन्म भएका नेपाली नवजात शिशुको खोप सम्बन्धि जानकारी दिन सेमिनार आयोजना गरिएको आयोजक एनजीओ सेयरले जानकारी दिएको हो । सुगिनामि कुको आसागयमा रहेको स्योकोन खाईकेनमा हुने नवजात शिशुको खोप तथा स्वास्थ्य सम्बन्धी सेमिनारले घरमा बच्चा भएर पनि भाषाको कारणले नबुझिएको समस्याहरु सहित नवजात शिशुका लागि अपनाउनु पर्ने सर्तकताहरुका बारेमा बुझ्न सहयोग पुग्ने आयोजकले विस्वास लिएको छ ।

आउदो आईतबार १० तारिख दिउसो १ बजेबाट शुरुहुने सेमिनारको सहित प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रवार टेलिफ़ोन मार्फ़त सेवा लिन सकिने गरी ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार