जापानका ग्रामिण क्षेत्रहरु युवा पुस्ताका लागि त्यति आकर्षक नभएका कारण निःशुल्क वितरण गर्न लागिएका पूराना र छाडिएका घरहरुबारे अन्तराष्ट्रिय मिडियामा समेत चर्चा छ । विशेषगरी जापानको ग्रामिण क्षेत्रमा युवा पुस्ताको संख्यामा कमी र वृद्ध जनसंख्यामा वृद्धि भइरहेको छ यो अवस्थामा युवा पिँढीहरु त्यस जीवनदेखि विरक्तिएर आफ्ना घर निःशुल्क दिन लागेका छन् । निःशुल्क घर पाउन आवेदकले केही आवश्यकताहरु पुरा गर्नुपर्छ । के ति घरहरु शत प्रतिशत निशुल्क पाइने हो त ? आजको जानकारी यसै विषयमा केन्द्रित छ ।

सन् २०१५ मा मियागी प्रिफेक्चरमा रहेको सिचिकासुकु परिवार र सिमाने प्रिफेक्चरस्थित सुवानो परिवारले घर निःशुल्क दिन लागेको समाचारले तहल्का मच्चाएको थियो । सन् २०१८ को मे मा ओकु्तामा निःशुल्क आवास वितरणका लागि आवेदन दिने प्रकृया सकिसकेको र सन् २०१९ को जनवरी महीनामा ओकुतामामा नयाँ बासिन्दा त्यहाँ बसाइ सर्ने तयारी भइरहेको बताइएको थियो । भविष्यमा थप गाउँहरुमा पनि यस्तो योजना आउन सक्ने सम्भावना भएका कारण समाचारहरुतिर नजर लगाइराख्न आवश्यक छ ।

तर यस्ता घरहरु पुरै निःशुल्क भने हुँदैनन् । यहाँ रंगरोगन, मर्मतसम्भार र त्यस घरलाई बस्न योग्य बनाउनका लागि थुपैे कामहरु गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता घरहरु पूरै निःशुल्क उपलब्ध भने हुँदैनन् । त्यसैले खरिदकर्ताले यस्ता घरको खरिदमा आउने थप लागतबारे एक पटक पुनर्विचार गर्न जरुरी हुन्छ ।

अकिया भनिने यस्ता घरको संख्या सन् २०१३ मा ८० लाख थियो भने हाल यो संख्या बढेर १० लाख पुगिसकेको छ । सन् २०३३ सम्म जापानमा सबै घरका ३० प्रतिशत घरहरु खाली रहने अनुमान गरिएको छ । यसैक्रममा, सन् २०४० सम्म ९ सय साना शहरहरु अस्तित्वमा नै नरहने सरकारी अनुमान छ ।

निःशुल्क घर पाउन चाहिने आवश्यकताहरु

पहिला शुरु त यो कुरा बुझ्न जरुरी छ कि निःशुल्क पाइने भनेको घर वास्तवमा निःशुल्क छैन । एकदमै थोरै भाडा र केही समयपछि निश्चित रकम बुझाएपछि आफैं मालिक बन्न सकिने कुराले निःशुल्क घर योजनालाई अझ प्रष्ट पार्छ । त्यस्तै सबैले यो आवेदन पनि पाउँदैनन् । ओकुतामा युवा परिवारलाई मात्रै घर दिइन्छ । अभिभावकहरु ४३ वर्षभित्र को हुनुपर्छ र तीनका छोराछोरी जुनियर हाइ स्कूलमा अध्ययन गर्ने हुन आवश्यक छ । धेरै छोराछोरी भएका परिवारलाई त झन् स्वागत छ यो योजनामा । एउटा बच्चा बाहेक हरेक थपिएका बच्चाका आधारमा मासिक ५ हजार येन भाडाबाट घट्दै जान्छ । उदाहरणका लागि १० जना छोराछोरी भएका परिवारले घर वास्तवमै निःशुल्क पाउँछन् ।

अधिकांश अकियाहरु रोजगारीका प्रशस्त अवसर रहने प्रमुख शहरभन्दा निकै टाढा रहेका छन् । त्यसै कारण पनि यस्ता घरमा बस्न युवाहरु आकर्षित नभएका हुन् । यस्ता घरहरु छोडिने अर्को कारण पैसा पनि हो । युवा पुस्ताहरु धेरै सम्पत्ति कर तिर्न नचाहने भएका कारण पनि घरहरु छोडिने गरिएका हुन् ।

कसरी खरिद गर्ने?

अकिया खरिद गर्न घर र जमीनको मूल्यबाहेक अतिरिक्त रकम तिर्न पनि तयार रहनु पर्छ । प्रशासन र व्यवस्थापन शुल्क, दर्ता र लाइसेन्स कर, एजेण्ट कमिशन, अधिग्रहण र सम्पत्ति करलगायतका अन्य कर पनि तिर्न तयार रहन आवश्यक छ ।

हरेक खर्चमा भिन्नता हुन्छ र कम्तिमा पनि ५ लाख येन बराबरको रकम तिर्न चाहिँ तयार रहनु पर्छ । हाल यस्ता अकिया ५ लाख येनमा उपलब्ध हुन्छ, तर यसलाई मर्मत सम्भार गर्नका लागि थप रकम तिर्नु पर्छ । अधिकांश अकियाहरु खराब अवस्थामा रहेका कारण यीनीहरुलाई थप मर्मत नगरिकन यो बस्न लायक बन्दैन । कतिपय घरहरुको मर्मत सम्भारमा लाग्ने खर्च त नयाँ घर किन्दा लाग्ने मूल्य बराबर हुन जान्छ ।

यदि घरलाई मर्मत सम्भार गर्दा समुदायलाई लाभ हुन्छ भने कहिलेकाहिँ यस्ता घरका खरिदका लागि सरकारले २ लाख येन सम्मको सहयोग प्रदान गर्ने गरेको छ । यस्ता घरहरु अकिया बैंक वेवसाइटमा पनि सूचिकृत छन् । यहाँ न्यून दरमा विक्रीमा रहेका सम्पत्तिबारे जानकारी उपलब्ध हुन्छ । रियल इष्टेट जापानले सुझाएका दुईओटा वेवसाइटहरु छन् जहाँ ५ सय ५८ महाानगरपालिका र स्थानीय सरकारले अकियामा योगदान दिन्छन् :

 

विदेशीहरुले पनि यस्ता घर खरिद गर्न त सक्छन् तर उनीहरुका लागि केही रोक भने अवश्य नै छ । उदाहरणका लागि अकिया खरिद सम्बन्धी केही कन्ट्रयाक्टमा त खरिदकर्ता स्थायी रुपमै घरमा बस्नु पर्ने पनि हुन्छ । त्यसैले कन्ट्रयाक्ट हेर्दा राम्रोसँग हेर्नुपर्छ ।

त्यस्तै यस्ता घरहरु शुरुमै खरिद गर्न सकिँदैन, पहिला शुरु त यसलाई भाडामा लिनुपर्छ । अकिया प्रति महिना ३५ हजार येन तिरेर बस्न पाइन्छ । त्यस्तै भाडामा इमान्दारीतापूर्वक बस्नुपर्छ र २० वर्षपछि सो घर भाडामा बस्नेहरुमा ट्रान्सफर गरिन्छ ।
– अकिया खरिद गर्न ४३ वर्षमुनिको हुनुपर्छ
– युवा वा विवाहित जोडी हुनुपर्छ
– मिडल, वा जुनियर हाइ स्कूल पढ्ने उमेरका बालबालिका भएका दम्पति हुनुपर्छ ।

आशा छ यो जानकारीले जापानमा निशुल्क घर भनेर आएका हेडलाइनहरु पढ्नुभएको तर साँच्चै निशुल्क हो कि होइन भन्नेबारेमा लागेको तपाईको खुल्दुली मेट्यो होला । उपयोगी लागेमा सेयर गरेर साथीभाइहरुमाझ पनि पुर्याइदिनुहोला है त ।

नोट: यो सामग्री उपयोगी लागेकाले अन्य अनलाईनबाट साभार गरिएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार