टोकियो । जापन विश्वकै सुरक्षित मुलुक मध्ये एक हो । यहाँ आपराधिक गतिविधि एकदमै न्युन हुनेगर्दछ । तर यसको मतलव शुन्य आपराधिक गतिविधि भन्ने होईन । सामान्यत जापानीहरुलाई त जानकारी छ नै तर हामी जस्ता अन्य मुलुकबाट आएका र आउनेहरुले थाह पाउनु पर्ने केहि तुलनात्मक खतरा ठाउँहरु बारे जानकारी लिऔँ । कम्तिमा त्यि ठाउँहरुमा जाँदा केहि चनाखो हुन आवश्यक छ ।
१.खाबुकिच्यो,टोकियो

खाबुकिच्यो विश्वकै ठूलो रेडलाईट क्षेत्र हो । यहाँ हज्जारौ रेस्टुरेन्ट, क्लब,बार तथा काराओकेहरु रहेका छन् । यो संगै यो ठाउँ विभिन्न अन्डरवल्ड/ ग्याँस्टार तथा आपारिधिक समूहहरुको अड्डा पनि हो । त्यसैले यहाँ सामान्य आपाराधिक गतिविधिहरु हुनु र प्रहरी सक्रियता देखिनु एकदमै सामान्य कुरा हो ।
२.रोप्पोंगी, टोकियो

रोप्पोंगी उच्च वर्गिय आवास क्षेत्र तथा कार्यलयहरु बाहुल्यता रहेको स्थान हो । साथै यो जापानको धेरै विदेशी पर्यटकहरु पुग्ने स्थान पनि हो । तर यहाँ पनि दिनभरको घुमघाम तथा सपिंगको लागि राम्रो भएता पनि रात्री जिवन भने केहि त्रासदीपुर्ण मानिन्छ । यहाँका क्लबहरु खताराका अड्डा हुन् भनिन्छ । रोप्पोंगीलाई केहि वर्ष अगाडि अमेरिकी सरकारले ट्राभल वार्निङ् समेत जारी गरेको थियो भनिन्छ ।
३.सिबुया,टोकियो

सिबुया, टोकियोको पर्यटकिय क्षेत्र हो । यहाँ किनमेल तथा खानपिन गर्नेहरुको बाक्लो भिड देखिन्छ । यहाँ पनि क्लब/बार/ मसाज / काराओके लगायतका मनोरन्जनका क्षेत्रहरु पर्याप्त छन् । तर रातीको समयमा केहि सजगता भने अप्नाउनु पर्ने बताईन्छ ।
४.उएनो,टोकियो

टोकियो बस्नेहरुका लागि उएनो धेरै कुराहरुले आकर्षक स्थान हो । फराकिलो पार्क, विभिन्न संग्राहलय तथा चिडियाघर लगायतका घुमघाम र रमाईलो गर्ने स्थान भएकाले। धेरैले अत्याधिक रुचाउने ठाउँ हो यो । तर दिनभरको लागि राम्रो भए पनि रात्री कालिन समयमा भने यो क्षेत्र पनि खतरायुक्त मानिन्छ । कारण होमलेस हरु र विभिन्न आपराधिक समुहहरुको उपस्थिती हो भनिन्छ ।
५.कामगासाकी,ओसाका

यो ठाउँमा होमलेस( घरबार विहिन) मानिसहरुको वसोवास छ । जो संग स्थायी ठेगान, जागिर आदि केहि पनि छैन उनिहरु त्यस स्थानमा टहरा बनाएर बसेका छन् । त्यस क्षेत्रमा समान्य अपराधहरु बारम्बार भईरहने बताईन्छ । त्यसैले त्यहाँ यहाँ पनि रातीको समयमा सतर्क अप्नाउनुपर्ने स्थान हो भनिन्छ ।
६.नाकासु, फुकोओका

नाकासुका मनोरञ्जनका लागि प्रख्यात ठूलो सहर हो । सुसुकिनो मूख्य पर्यटकिय आकर्षण स्थल हो । तर यहाँ पनि केहि सतर्कता अप्नाउनु पर्छ भन्दछन् ।
नोट: यि उल्लेखित सहरहरुका अलावा अन्यत्र पनि रात्रिकालिन प्रहरमा केहि सतर्क हुनुपर्ने ठाउँहरु छन् ।जहाँ तपाईका सानो लापर्वाहीले ठुलो धनराशि गुम्न पनि सक्छ ।
स्रोत: (विविध अनलाईन डाटाहरु,अनभवीहरुको भनाई/प्रत्यक्ष अध्यायन) तस्बिर : गुगल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




