टोकियो । जापान केवल भौतिक विकासको दुनियाँमा मात्र होईन,संस्कृति र परम्पराको जगेर्ना तथा सम्बर्द्धनमा पनि उत्तिकै अग्रपंत्तिमा रहेको छ । जुन कुरा जापानमा मनाईने विभिन्न सांस्कृतिक मेला तथा चाडपर्वहरु हेर्दा प्रष्ट अनुभव गर्न सकिन्छ । आज तिनै विविध परम्परागत चाड मध्ये एक,जो झट्ट देख्दा अस्लिल जस्तो लाग्छ”खानामारा मेला”(かなまら祭り) का बारेमा जानकारी राख्ने प्रयास गरेका छौँ ।


यो मेला जापानको कावासाकी प्रिफेक्चरमा  रहेको खानायामा मन्दिर(金山神社)मा हरेक अप्रिल महिनामा भव्यताको साथ मनाईने गरिन्छ । हरेक वर्ष अप्रिलमा मनाईने भएपनि तारिख भने फरक फरक पर्न सक्छ ।

यस मेलाको मुख्य आकर्षण भनेको पुरुष प्रजनन् अंग (लिंग) हो । उक्त मेलामा,हरेक चिजहरु लिंगसँग कटाक्ष हुने खालका पाईन्छ । जस्तै,त्यहाँ बेचिने- क्यान्डी,आईस्क्रिम,पेय पदार्थ आदि सबै चिजहरुमा कतै न कतै लिंगको आकार,या चित्र अंकित भएका हुन्छन् ।
यो मेलामा स्थानिय मन्दिर (जहाँ उत्तेजित पुरुष यौनांङ्ग लिंग रहेको छ) मुख्यत: महत्वपुर्ण मानिन्छ । त्यहाँ त्यो मेला हुनुको कारणनै त्यहि मन्दिर हो । त्यो मन्दिरको दर्शन गरे,विवाह,सन्तान सुख तथा सुखमय बैवाहिक जिवनको मनोकामना पुरा हुने जनविश्वास रहेको छ । त्यसका अलावा व्यवसायिक सफलता र समृद्दी पनि प्राप्त गर्न सकिने मान्यता रहेको छ । यस मन्दिरमा गएर प्रार्थना गरेमा यौनजन्य रोगहरुको संक्रमण पनि नाश हुने विश्वास रहेको  पाईन्छ । जसका कारण यौन व्यवसायी तथा सो पेशा अवलम्बन गर्नेहरुका लागि यो मेला र मन्दिर दुवै महत्वपूर्ण मानिन्छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार