यो वर्ष मार्च १८ लाई चेरी अर्थात साकुरा फुल्ने पहिलो अनुमानित मिति मानिएको छ । मार्च १८ मा सिकोकु टापूमा रहेको कोचिमा साकुरा पहिलो पटक फुल्ने भन्ने अनुमान गरिएको छ । जापानको राजधानीमा भने साकुरा मार्च २२ मा फुल्ने अनुमान गरिएको भएपनि केही स्थानहरुमा पहिले देखिनै फुलेको देख्न सकिन्छ । आउनुहोस् , साकुरा कहाँ कहाँ हेर्न सकिन्छ त्यसबारे केही जानकारी लिऔँ
मेगुरो खोलाको किनार

टोकियोको सबैभन्दा लोकप्रिय साकुरा स्पट हो मेगुरो रिभर । यहाँ ८ सय ओटा भन्दा बढि साकुराका बिरुवा छन् । यो स्थान टोकियोबासी र पर्यटकमाझ निकै लोकप्रिय छ । त्यसैले यो स्थान प्राय भीड हुन्छ । भीडभाड पन्छाउन नाकामेगुरोस्थित खोलाको मुख्य क्षेत्रबाट टाढै बसेर मेगुरो स्टेशनको खोला हुँदै ओशाकी स्टेशनतर्फ जान सकिन्छ । नाकामेगुरो केही शान्त छ ।
उएनो पार्क

उएनो पार्क टोकियोको अर्को लोकप्रिय साकुरा स्पट हो । यहाँका पार्कका सडक नीलो संकेतले भरिएका हुन्छन् जसले त्यो क्षेत्र कुनै कम्पनी वा समूह पार्टीका लागि रिजर्भ भएको भन्ने संकेत दिन्छ । शनिवार तथा आइतबर यो स्थान निकै भिंड हुन्छ । भिंडभाडका कारण बसेरै हानामी मनाउन नपाएपनि वरिपरि घुम्दै फूल फुलेको हेरेर आनन्द लिन सकिन्छ । यहाँको मुख्य आकर्षण भनेको कियोमिजु क्यानोन टेम्पल पनि हो ।
सुमिदा खोलाको पार्क

असाकुसास्थित सेन्सोजि टेम्पलबाट थोरैको दूरीमा रहेको छ सुमिदा रिभर पार्क । यहाँ साकुराको छहारीमा बसेर टोकियोको आकाश र नदीको रमाइलो दृश्य हेर्न सकिन्छ ।
कोसिखावा कोरा पार्क

कोइसिकावा कोराकुएन १७ औं शताब्दीको शुरुआतमा पत्ता लगाइएको थियो र यो टोकियोको सुन्दर बगैंचामध्येको एक हो । साकुरा फुल्ने मौसममा यो स्थान रमाइलो गर्नका लागि उत्कृष्ट हुन्छ । यहाँ भीडभाड धेरै भएपनि यहाँको सुन्दरताले त्यसलाई छायामा पारिदिन्छ । यहाँ ठूला ठूला प्राचिन साकुराका रुखहरु छन् । यो बगैंचा भएका कारण यहाँ मदिरा र ब्ल्यांकेट ल्याउन र घाँसमा बस्न मनाही छ । यहाँ छिर्न ३ सय येन समेत तिर्नुपर्छ ।
सिन्जुयुकु गोएन पार्क

टोकियोको ब्यस्त स्थान सिन्ज्युकु स्टेशनबाट करिव १० मिनेटमा पुग्न सकिने यो पार्कमा विभिन्न जातका १ हजार भन्दा बढि साकुराका बोट छन् । यहाँ शुरुमा फुल्ने देखि अन्तिममा फुल्नेसम्मका साकुराका प्रजाति उपलब्ध छन् । त्यसैले मार्चको सुरुवातीदेखिनै यहाँ केही बोटमा फुलेका साकुरा हेर्नेहरुको भिंड छ । यहाँ बस्नका लागि ब्ल्यांकेट ल्याउन पाइन्छ र पार्कमा बसेर खानका लागि केही खानेकुरा पनि साथमा ल्याउन पाइन्छ । तर यहाँ मदिरा भने ल्याउन पाइँदैन । यो पार्क भएपनि यो खुल्ने र बन्द हुने निश्चित समय छ र यहाँ प्रवेश शुल्क २ सय येन तिर्नुपर्छ । (कतिपय दिनहरुमा निशुल्क प्रवेश पनि दिइन्छ)
कितानो मारु पार्क

इम्पेरियल प्यालेस गार्डेनको उत्तरतर्फको भागको भिरालो क्षेत्र साकुराका रुखले ढाकिएको छ । यहाँ बसन्त ऋतुमा एकदमै राम्रो दृश्य देखिन्छ । साकुरा फुलेको नजिकबाट हेर्ने इच्छा छ भने एउटा डुङ्गा भाडामा लिएर मोत (पानीको वहाव भएको तलाउ) मा जान सकिन्छ । यहाँ नजिकैको कितानोमारु पार्क पनि हेर्न लायकको ठाउँ छ ।
ईनोकाशिरा पार्क

सेण्ट्रल टोकियोबाट केही परको दूरीमा छ इनोकाशिरा पार्क । यस पार्कमा रमाइलो गर्न स्थानीय तथा पर्यटकको ओइरो लाग्ने गर्छ । यहाँको तालमा रहेका पुल र नदी छेउछाउको बाटोबाट हिँड्न निकै रमाइलो हुन्छ । यहाँका गुलाबी रुखमुनि पिकनिकको आनन्द पनि लिन सकिन्छ । यहाँ डुङ्गा भाडामा लिएर नदीमा डुल्न सकिन्छ । यहाँ लोकप्रिय घिब्ली संग्रहालय पनि रहेको छ ।
यो वर्षको साकुरा हेर्ने हो भने यो साताबाट सुरु भईसकेको छ । त्यसैले समय निकालेर यो मौसमी स्वादको अनुभव लिनुहोला । केहि अनुभव भए हामीलाई लेखि पठाउनुहोला ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




