टोकियो । वसन्त ऋतु सबैको प्रिय ऋतु ! त्यसमा पनि प्रकृतिप्रेमीहरुको लागि त उत्सव नै बनिदिन्छ । जापान भौतिक र प्रविधिको समृद्दीको चरम उत्कर्षमा पुगेको मुलुक भएर पनि यहाँका भौतिक विकास र प्राकृतिक वातावरण विचको सन्तुलन सायद, संसारका अन्य मुलुकहरुमा विरलै पाईन्छ । जापानमा यतिखेर साकुरा ( चेरी ) फुल्ने समय ! यहि समयमा हाम्रो मुलुकमा लालिगुराँस फुल्दछ डाँडै रातै भएर । तर यहाँ साकुरा उत्सव बनिदिन्छ भने हामी कहाँ वेवास्थामै फुलि वेवास्था मै ओईलाउँछन् । कारण लालिगुराँस केवल जंगलमा फुल्दछन् । त्यहाँसम्म पुग्न कठिन छ । तर यहाँ साकुरा हरेक पार्क, बाटो किनारमा रोपिएको छ, जस्लाई सजिलै देख्न सकिन्छ । म हरेक वर्ष साकुरा खिच्दै गर्दा मेरो देशको लालिगुराँसको सम्झनामा हराईरहेको हुन्छु । हामीले पनि लालिगुँरासलाई यसैगरी महत्वका साथ घर,बगैँचा, बाटो किनार र ठुला -ठुला पार्कहरुमा प्राथमिकताका साथ रोप्ने हो भने सायद, आज म जसरी साकुरा चर्चा गरिरहेको छु त्यो भन्दा धेरै लालिगुराँसको चर्चा गर्नेहरु भेटिने थिए होला । तस्बिर : राजन गौतम् ( सम्पादक- नेपालन्युजपोस्टडटकम)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




