टोकियो । तपाईँले टेलिभिजनमा  ‘मुमिन’ हेर्नुभएको छ ? यदि बच्चावेला या ठूलो भएपछि पनि कहिलै ‘ मुमिन’ नामक कार्टुन हेर्नुभएको थियो भने, तपाईको लागि खुसीको कुरा छ, कि मुमिनका सबै पात्रहरुवाई प्रत्यक्ष भेट्न सक्नुहुनेछ । अनि आफ्नै आँखाले मुमिन उपत्यका हेर्न सक्नुहुनेछ ।
जापानको साईतामा प्रिफेक्चरमा ‘ मुमिन भ्याली थिम पार्क ‘ बनेको छ । यसै वर्षबाट त्यहाँ सर्वसाधारणका लागि टिकट काटेर घुम्न जान सकिने व्यवस्था गरिएको छ ।

गत मार्च १६ बाट खुल्ला गरिएको पार्क,तपाई टोकोकिको ईकेबुकुरो बाट ५० मिनेट ट्रेन यात्रामा पुग्न सक्नुहुनेछ । ट्रेनबाट ओर्लिएपछि चाहीँ हान्नो स्टेसन सम्म बसमा जानुपर्ने हुन्छ । त्यसपछि तपाई पुग्नुहुनेछ सुन्दर पार्क, ‘मुमिन भ्याली’

यो पारेक बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुल्ला रहन्छ । प्रवेश शुल्क पनि केवल १५०० येन मात्र रहेको छ । हेर्नुहोस् केहि तस्बिरहरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार