टोकियो । टोकियो डोममा शुक्रबार सम्पन्न ‘होपफुल फ़ाइट’ नामक बक्सिङ प्रतियोगीतामा नेपालका प्रचण्ड केसी विजय भएका छन । केसीले ५३ किलो तौल समुह बक्सिङमा आफ्ना प्रतिपर्धीलाई २ राउण्डमा नकआऊट गरि जित हात पारेका हुन् ।
केसीले यो जितसंगै फेरि एकपटक बक्सिङ रिंगमा नेपाली झण्डा फहराउँदै नेपालीको नामलाई उच्च पारेका छन ।शुक्रबार साँझ ६:४५ मा भएको उक्त खेलमा सधाझैँ आफ्नो उच्च मनोबलका साथ रिंगमा छिरेका केसी ले उनका जापानी प्रतिद्वन्दी लाई दुई राउण्ड सम्ममात्रै टिक्न पनी धौं धौं पारेका थिए । जापानको यती व्यस्थ जिवनसैलीमा पनि अन्य सबकुरा छाडी बक्सिङ खेललाई समय र प्राथमिकता दिएर मेहनतका साथ लागि परेका केसीले भने – “जापानबासी नेपाली दाजु भाई दिदी बहीनीहरु , पत्रकारज्युहरु लगाएत सम्पुर्ण सुभेच्छुकहरुको साथ हौंसलालेमात्रै मेरो जित सम्भव भएकोले यहाँहरु सम्पुर्णलाई हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु “।
केसीले ,अन्य प्रतिष्पर्धाहरुमा निरन्तर खेल्दै खेलको माध्यमबाट नेपालको नाम अझै चम्काउनका निरन्तर लाग्ने बताएका छन् । साथै उनले आगामी दिनमा पनी जापानवासी नेपालीहरुको यस्तै माया , साथ र सपोर्टको अपेक्षा गरेका छन् ।
जापानमा मार्सल आर्ट खेलकुदको माध्यमबाट नेपाल र नेपालीको नाम उच्च राख्न सँघर्षरत खेलाडीहरु मा टोकियोमा प्रचण्ड केसी तथा नागोयामा अबिरल घिमिरेको नाम अगाडी रहेको छ । अविरले पनि केहि दिन अघि मात्रै एक खेलमा जित हाँसिल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




