An RM 37-01 Automatic Cerise watch from the 'Bonbon' collection stands on display on the Richard Mille stand during the Salon International de la Haute Horlogerie (SIHH) in Geneva, Switzerland, on Tuesday, Jan. 15, 2019. The elephant in the room at this week’s Swiss watch fair in Geneva is that the industry is still struggling to find buyers for all the timepieces it has produced over the years. Photographer: Stefan Wermuth/Bloomberg

पेरिस । ३० वर्षिय जापानी पर्यटकको ८ लाख ४० हजार डलरको स्विस घडी पेरिसमा चोरी भएको छ ।

प्रहरीका अनुसार, फाईभ स्टार होटल, नापोलेन बाहिर,आर्क डे, ट्रिम्फेमा गत सोमबार, सिगरेट मागेको बहाना गरी हातमा झम्टिएर घडि चोरिएको थियो । चोरले,त्यि जापानी पर्यटकले हातमा लगाएका हिरा जडित अत्यन्तै महंगो दुर्लभ  रिचार्ड  मिल्ले टाईमपिसेस घडी खोसेर भागेको बताईएको छ ।

त्यहाँको स्थानिय पत्रिकाका अनुसार, त्यस क्षेत्रमा एक वर्षको अवधिमा  एक दर्जन बढी यस्ता लुटपाटका घटना घटिसकेको छ ।

प्रहरीका अनुसार, त्यस क्षेत्रमा यस्ता महंगा सामान लुटपाटका घटनाहरु भएता पनि, अरु खासै फेला पार्न सकिएको छैन । तर यस पटकका जापानी पर्यटक भने तुलनात्मक भाग्यशाली देखिएका छन् किनकि, ति, लुटेराल् मोबाईल फोन झारेर गएको छ, जुन प्रहरीलाई अनुसन्धानका लागि मुख्य हतियार बन्न सक्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार