{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570800214872","total_editor_time":66,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570800214789","total_effects_time":0,"brushes_used":0,"height":1820,"layers_used":0,"width":3465,"subsource":"done_button"}

टोकियो । शक्तिशाली (आँधी) ताईफु हागिविसले हालसम्मकै खराब रेकर्ड राख्ने आँकलन गरिएकोछ । जापान मेटोरोलोजिकल एजेन्सीका अनुसार, यो ताईफुका कारण तोकाई तथा टोकियो सहित कान्तो क्षेत्रमा नराम्रोसंग असर पार्ने संभावना रहेको छ ।

यस पटकको आँधीका कारण हालसम्मकै भारी वर्षा हुने भएकाले डुवानको खतरा पनि उत्तिकै रहेको छ । यसका लागि सुरक्षा उपाय अप्नाउनका लागि सुचनाहरु जारी गरिएको छ । जानकारहरुका अनुसार, यो सन १९५८ को ‘कोनोगावा ताईफु’ जत्तिकै विध्वंसक हुन सक्नेछ । जुन ताईफुका कारण तत्कालीन समयमा सिजुवका तथा समग्र कान्तो क्षेत्रमा गरी १२ सय मानिसहरुको ज्यान गुमेको थियो । हागिविस तोकाई क्षेत्रमा प्रतिघण्टा १६२ किलोमीटर प्रतिघण्टा तथा कान्तो क्षेत्रमा १४४ किलोमीटर प्रति घण्टाको गतिसम्मपुग्न सक्नेछ । यसका साथै यसको छाल १३ मिटरसम्म अग्लो रहन सक्ने छ ।

यसैविच ताईफुको सम्भावित क्षतिलाई मध्यनजर गर्दै, विमानसेवा कम्पनीहरुले  शनिबारका लागि तय भएको १६ सय भन्दा बढि घरेलु हवाई उडानहरु रद्द गरिसकेका छन् । घरेलु मात्रा नभई १३१ अन्तराष्ट्रीय उडानहरु पनि रद्द गरेको पछिल्लो जानकारीमा उल्लेख गरिएको छ ।

अधिकाँस रेल सेवाहरु बन्द रहने

तोकाईदो सिनकानसेन बुलेट ट्रेनले, टोकियो बाट नागोया सम्मको शनिबार बिहानबाट बन्द गर्ने सुचना जारी गरेको छ । यसकाअलवा अन्य स्थानका बुलेट ट्रेनहरु पनि बन्द तथा समय तालिका परिवर्तन सहित चल्नेछन् । यसका अलवा जेआर कम्पनीले, तोहोकु, यामागाता, आकिता, होकुरिकु तथा जोएचु बुलेट ट्रेनलाईनहरु पनि शनिबार बिहानबाट सेवा कटौति हुने बताएको छ ।

टोकियाका रेल सेवा ठप्प

शनिबार टोकियोका यामानोते सहित अधिकाँस रेलसेवा बन्द रहने सम्बन्धित रेल कम्पनीहरुले आफ्नो होमपेजमा सुचना जारी गरिसकेका छन् ।

टोकियोका कम्बिनी तथा सुपा रित्तियो

ताईफुको पुर्वतयारीका लागि मानिसहरुले साबिक भन्दाबढि, खरिद गर्दा, कान्तो क्षेत्रका कम्बिनी तथा सुपाहरुको सामान सक्किएर खाली भएका छन् । अबेर किनमेलमा जानेहरुले सामान नपाएर खाली हात समेत फर्केका छन् ।

विदेशी भाषामा पनि ताईफु सम्बन्धि जानकारी लिन सकिने व्यवस्थामा व्यापकता

सरकारले, अंग्रेजी, कोरियन तथा चिनियाँ भाषामा समेत टेलिफोन परामर्श लिन सकिने व्यवस्था गरेको छ । जापानी भाषा नबुझ्नेपर्यटकहरुका लागि ०५०–३८१६–२७८७ मा कल गरि जानकारी लिन सकिने व्यवस्था गरिएको छ । यषका अलवा मोबाईल फोनएप्सको प्रयोग गरेर पनि जानकारी लिन सकिनेछ ।

सम्बन्धित समाचारहरु

ताईफुले टोकियोमा पनि गम्भिर क्षति पुर्याउन सक्ने, रेलसेवा ठप्प हुने,पुर्वतयारी गर्न आग्रह

यस पटकको ताईफु विध्वंसक हुने, आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह

शक्तिशाली ताईफुको त्रास बढ्दो, पूर्वतयारीले रित्तियो कम्बिनी तथा सुपाका सामानहरु( तस्बिर)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार