
टोकियो । यतिखेर शक्तिशाली ताईफु हागिविसले तोकाई तथा कान्तो क्षेत्रमा असर देखाउन थालिसकेको छ । निरन्तर भारी वर्षा तथा तिव्र गतिमा आँधी चलिरहेको छ । यसैको असरका कारण हालसम्म बन्द हुने सुचना जारी भएका रेल तथा हवाई सेवाहरु यसप्रकार छन् ।
सिनकानसेन
तोकाईदो सिनकानसेन
यो लाईनको सिनकानसेन टोकियो र नागोयाबिच बन्द गरिएको छ । त्यस्तै नागोयाबाट सिनओसाका सम्मका ६ वटा लाईनहरुलेबन्द हुने सुचना जारी गरिसकेका छन् । त्यस्तै अर्को,सान्यो सिनकानसेनले पनि ओसाका र ओकायामा लाईन विहान १०:३० बजेपछिविस्तारै घटाउँदै लाने तथा आवाश्यकता अनुसार बन्द गर्ने बताएको छ ।यो संगै, तोहोकु,आकिता,यामागाता,जोएत्सु,होकुरिकुसिनकानसेनले पनि बिहान ११ बजेदेखि ट्रेन संख्या घटाउँदै लाजाने तथा आवाश्यकता अनुसार बन्द पनि हुनसक्ने बताएको छ ।
टोकियो क्षेत्रमा बन्द हुने रेलसेवाहरु
जेआर
टोकियो महानगर भित्रका अधिकांस रेल सेवाहरु बिहान ९ बजेदेखि १ बजेसम्ममा बन्द हुनेछन् । जानकारी अनुसार
–तोकाईदो लाईन लगभग बिहान १० बजेतिरबाट बन्द हुनेछ
–केहिन तोहोकु, चुओ, तथा सोबुलाईन पनि करिब दिउँसो १२ बजे तिर बन्द रहने छ ।
त्यस्तै यामानोते लाईन पनि करिव १ बजेतिर बन्द हुनेछ ।
तोबुलाईन
बिहान ११ बजेबाट तोबुलाईनले पनि बिस्तारै सेवा घटाउनेछ । १ बजेतिर केहि सर्भिसहरु बन्द पनि हुनसक्ने छन् ।
सेईबु लाईन
सेईबुलाईनले दिउँसो १ बजेबाट आफ्नो सेवा स्थगन गर्ने जनाएको छ ।
केईओ लाईन
केईओ लाईनले बिहान १२ बजेबाट सेवा कटौति गर्दै दिउँसो १ बजेबाट सेवा स्थगन गर्ने जनाएको छ ।
ओदाईकु लाईन
ओदाईकु लाईन पनि बिहन ९ बजेबाट २ बजेसम्ममा पूर्ण प्रभावित हुनेछ ।
तोक्यु
तोक्यु लाईन पनि बिहान ९ बजेबाट११:३० बजेसम्ममा प्रभावित हुने जनाईएको छ ।
केईक्यु
यो लाईन पनि दिउँसो १२ बजेबाट अपराह्न ४ बजेसम्ममा प्रभावित भईसक्नेछ ।
टोकियो मेट्रो
टोकियो मेट्रोलाईन पनि दिउँसो १ बजेबाट मारुनोउची लगायतका केहि लाईनहरु आँसिक बन्द हुनसक्नेछन् ।
सोतेचु
बिहान १० बजेबाट सेवा कटौती गर्दै ११ बजेसम्ममा केहि समयका लागि सेवा बन्द हुनेछन् ।
केईसेई
यो लाईनका सेवा पनि आंसिक बन्द रहनसक्नेछन् ।
यसका अलवा वायुसेवा कम्पनिहरुले सम्पूर्ण घरेलु उडानहरु रद्द गरिसकेका छन् । त्यस्तै अधिकांस राजमार्गहरु पनि बन्द रहनेबताईएको छ ।
सम्बन्धित समाचार
यस पटकको ताईफु विध्वंसक हुने, आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह
ताईफुले टोकियोमा पनि गम्भिर क्षति पुर्याउन सक्ने, रेलसेवा ठप्प हुने,पुर्वतयारी गर्न आग्रह
शक्तिशाली ताईफुको त्रास बढ्दो, पूर्वतयारीले रित्तियो कम्बिनी तथा सुपाका सामानहरु( तस्बिर)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




