
हाल जापानको दक्षिणबाट उत्तर-पूर्व तर्फ बढिरहेको शक्तिशाली हागिबिस ताइफुनको जोखिमबाट बच्नका निम्ति तयारी गर्न जापान सरकारले सर्वसाधारणहरुलाई निरन्तर आव्वान गरिरहेको छ। अत्यन्त बिनाशकारी हुने आँकलन गरिएको यो ताईफुन यो बर्ष जापानलाई प्रभाव पार्ने १९ औं ताइफुन हो । बर्षै पिच्छे बिशेष गरी एसिया प्यासिफिक, साउथ एसिया, अमेरिका/क्यारिबियन लगायतका क्षत्रका समुद्री तटमा अवस्थित भुभागहरुलाई तहस-नहस पार्ने ताईफुको उत्पत्ती कसरी हुन्छ भनेर यो आलेखमा existing literature को अध्ययन गरेर संक्षिप्त रुपमा प्रकास पार्ने कोशिस गरेको छु।
ताईफुनको उत्पत्ती तातो पानी हुने भुमध्यरेखा (Equator) नजिकको उष्ण प्रदेशीय महासागर (Tropical Oceans)मा हुने गर्दछ। ताईफुनलाई तातो र ओसिलो हावालाई इन्धनका रुपमा प्रयोग गरेर चल्ने भिमकाय इन्जिनका रुपमा पनि बुझ्न सकिन्छ। तातो पानी भएको समुद्री सतह माथिको हावा वाष्पीकरण प्रक्रिया (evaporation process) का कारण तातो तथा ओसिलो (warm and moist) हुने गर्दछ। यो हावा समुद्री सतहबाट माथि जांदै गर्दा समुद्री तहमा हावाको चाप (air pressure) कम हुन जान्छ ।यसलाई पुर्ती गर्न उच्च चाप भएको क्षेत्रबाट कम चाप भएको क्षत्रमा हावा पस्दछ। त्यो नयां हावा पनि तातो र ओसिलो भएर माथिल्लो तहमा जान्छ र यो चक्रीय प्रक्रिया निरन्तर चल्दै जान्छ। अर्कों तर्फ उपल्लो तहमा पुगेको हावा चिसो भएर बादल बन्ने प्रक्रिया सुरु हुन्छ। बादल र हावाको प्रणाली घुम्दै र बढ्दै जांदा च्याउ आकारको गोलाकार ब्यान्डहरु बन्न जान्छन् जसलाई समुद्री तहबाट माथि जाने तातो र ओसिलो हावाले थप शक्ति दिइरहेको हुन्छ। यतिबेला समुद्री आँधीको प्रारुप तयार भइसकेको हुन्छ। आँधी प्रणाली द्रुत गतिमा घुम्दै गर्दा बिचको बिन्दुमा आँधीको आँखा बन्न पुग्दछ जुन Satellite Feed टिभी ब्रोडकास्टमा पनि स्पष्ट रुपमा देख्न सकिन्छ ।

जतिबेला घुमिरहेको आँधीको हावाको गति प्रतिघन्टा ६२.७ कि.मि हुन्छ, त्यसलाई उष्ण आँधी (Tropical Storm) भनिन्छ। आँधीको गति प्रतिघन्टा ११९ कि.मि भन्दा धेरै भए पश्चात यसलाई ताईफुन/हरिकन (Typhoon/Hurricane)भनिन्छ। हाल जापानमा आइरहेको हागिबिस ताईफुनको गति प्रतिघन्टा १६० कि.मि भन्दा बढि भएको जनाइएको छ। प्रतिघन्टा १५५ कि.मि भन्दा धेरै गतिको ताईफुनलाई उच्चतम क्याटेगोरी ५ (Super Typhoon) मा वर्गीकरण गरिएको हुन्छ जुन बिष्मयकारी (Catastrophic) ताईफुन अन्तर्गत पर्दछ।
ताईफुनको बिषयमा बुझ्नुपर्ने अर्को बिषय भनेको ताईफुनको उत्पत्ती र यसको दिशा हो जुन पृथ्वीको अक्षले (Earth’s axis) प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। भुमध्यरेखाको उत्तर तर्फ बन्ने आँधी उत्तरी गोलार्द्ध (Northern Hemisphere) तर्फ घडिको बिपरित दिशामा (anti-clockwise-हेर्नुहोस तलको तस्बिर) अगाडि बढ्दछ भने दक्षिण तर्फ बन्ने आँधी दक्षिणी गोलार्द्ध (Southern Hemisphere) तर्फ घडिको दिशामा (clockwise) अगाडि बढ्दछ ।भुमध्यरेखाको उत्तरमा पर्ने टोकियो/जापानमा जहिले पनि दक्षिणको क्युसु/कान्साई/तोकाई क्षत्रबाट ताईफुन आउनुको कारण यहिनै हो।
ताईफुनको उत्पत्ती र चाललाई सयौ कोश माथिबाट मानब निर्मित उपग्रहहरुले (satellite) प्रत्यक्ष (real time) अवलोकन/निरीक्षण गरिरहेको हुन्छ। त्यस्तै प्रभावित क्षेत्रका बिभिन्न भुभागबाट समाचार एजेन्सीहरुले लाईभ अपडेट दिइरहेका हुन्छन्। जापान मौसम बिभागको आज बिहानको अपडेट अनुसार हागिबिस ताईफुनको गति केहि घटेको छ। टोकियो भारी बर्षाका साथ हागिबिसको प्रतिक्षामा छ। आशा गरौ हागिबिसको बिनाश कम भन्दा कम हुनेछ।
(यो सामग्री हामीले प्रदिप थापाको फेसवुकबाट लिएका हौँ, वहाँको पेजबाट साभार गरि अन्य अनलाईनहरुले पनि प्रकाशन गरिसकेका छन् )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




