टोकियो । जापानमा रहनुहुने धेरैले सायद याद गर्नुभएको होला । जाडो मौसममा पार्कतिर पाईने सल्लाको रुखलाई फेदमा परालको चकटी जस्तो वस्तुले बेरेर राख्ने गरेको पाईन्छ । त्यहि बगैँचामा भएको अन्य रुख बिरुवाहरुलाई भने त्यसो गरिएको हुन्न तर, सल्लालाई मात्र किन त्यसरी बेरिएको होला त ?अनि त्यसो गर्नुलाई जापानी भाषामा के भनिन्छ होला त?
आउनुहोस, यहि सामान्य तर थाह नभएको विषयमा जानकारी लिउँ ।
कोमोमाकि
त्यसरी सल्लाको फेदमा बाध्ने कामलाई जापानी भाषामा कोमोमाकी भनिन्छ । यसलाई नेपालीमा भन्दा पराले पेटी भनेर बुझ्न सकिन्छ। जुन तस्बिरमा स्पष्टरुपमा देख्न सक्नुहुनेछ ।

किन पराले पेटी कोमोमाकि गरिन्छ त ?
जाडो महिनामा,सल्लाको रुखमा यसरी परालको पेटी लगाउँनुको मूख्य उदेश्य चाहीँ किरा, फट्यांग्राहरुको नियन्त्रण गर्नु हो । खास गरी सल्लामा मात्र बस्न रुचाउने तथा सल्लाको पातमा गँुड बनाउने एक प्रकारको झुसिलकिराको असर कम गराउन यो विधिको सुरु गरिएको हो । र त्यो झुसिल किरालाई जापानी भाषामा माचुगारेहा भनिन्छ । यसरी फेदमा परालको पेटी लगाईदिए पछि,त्यहि बाटो हुँदै माथी हाँगा तथा पातमा पुगी असर गर्ने घातक प्रजिविहरु त्यहि परालमै अलमलिन्छन् र त्यसैमा गुँड बनाई जाडोको समयमा आश्रय लिन्छन् । जसले गर्दा सल्लाको पात तथा हाँगाहरु सुरक्षित रहन्छन् ।

कहिलेबाट सुरु भयो त कोमोमाकी ?
जापानी अनलाईनहरुमा खोजी गर्दा,यो विधिको सुरुवात,एदोकाल (सन १६०३ देखि १८६७)को अबधिमा कुनै एक चलाख मालीले गरेको हो । जुन लगभग जापानभरका बगैँचाहरुमा प्रयोगामा आयो ।
यदि कोमोमाकी गरिएन भने कस्तो असर गर्दछ त ?
माचुगारेहा नामक किरा,जाडो महिनामा उच्च सक्रिय रहने गर्दछ । जुन किरा,जमिनबाट बिस्तारै रुखमा चढ्दछ र पातामा पुगी जालो लगाउँछ । त्यहि गुँड लगाउने तथा पातहरु खाने गर्दछन् । यिनीहरुको असरलाई तलको चित्रमा स्पष्टसंग देख्न सकिन्छ । परम्परागत रुपमा कोमोमाकी हरेक वर्ष,अक्टोबरको अन्त्यदेखि नोभेम्बर पहिलो सातासम्ममा गर्ने गरिन्छ भने मार्चमा हटाउने गरिन्छ । यसरी हटाईएका त्यी कोमोमाकीहरुलाई जलाएर नष्ट गरिन्छ ।

के यो विधि,साच्चै उपलब्धी मुलक छ त?
एक अध्यायनका अनुसार विगतमा यो,जुन उदेश्यले सुरु गरिएको मानिएको छ त्यो उदेश्यका लागि त्यति धेरै उपयोगी देखिएको छैन । सन २००५ मा ह्योगो प्रिफेक्चरमा गरिएको एक अनुसन्धानले,यसरी कोमोमाकी गर्दा,घातक किराहरु भन्दा,अन्य किराहरु बढि फस्ने गरेका छन् । जसले
प्राकृतिक पर्यावरण रणमा असर पार्दछ । अध्यायन अनुसार,त्यसवर्ष उक्त पराले पेटीमा,१५७७ किराहरु फसेका थिए भने त्यस मध्ये केबल ६ वटा मात्रै सल्लालाई असर गर्ने माचुगारेहा रहेको थियो । यसरी जम्मा ०.३ प्रतिशत किरा नष्ट गर्दा वर्षेनी सयौँ अन्य उपयोगी किराहरु मरिरहेका छन् ।
थप तस्बिरहरु हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




