A KDDI Corp. employee walks past the company's logo displayed on a screen prior to a news conference in Tokyo, Japan, on Thursday, Apr. 5, 2018. Photographer: Akio Kon/Bloomberg

टोकियो । सम्झनुहोस् तपाईँ कुनै कार्यलयमा ग्राहक सेवा (गुनासो सुन्ने/समाधान गर्ने)विभागमा हुनुहुन्छ । र त्यहाँ एउटै व्यक्तिबाट २४ हजार पटक गुनासोका फोन आयो भने अवस्था कस्तो होला ? सायद, झट्ट सुन्दा यो असम्भव जस्तै लाग्दछ । एउटै व्यक्तिबाट २४ हजार पटक गुनासो ?

तर हालसालै जापानको एक प्रमुख मोबाईल फोन सेवा प्रदायक कम्पनी केडिडिआई (au mobile सेवा प्रदायक)को ग्राहक सेवा विभागमा यस्तो घटना घट्यो। जापानी संचार माध्ममा प्रकाशित समाचारहरुका अनुसार
आकितोसि ओकामोतो नामका ७१ वर्षिय एक ग्राहकले केडिडिआईमा यति धेरै पटक फोन गरेका हुन् । उनले यसरी टोलफ्रि फोनमा जति खेर पनि फोन गरिदिदाँ,अन्य ग्राहकहरुको लागि दिने सेवामा ढिला भएको तथा एकै प्रकृतिको समस्यालाई बारम्बार दोहोर्याएर कर्मचारीहरुको कार्यक्षमतामा ह्रास गराउने प्रयास गरेको भन्दै प्रहरीसंगको समन्वयमा हाल उनलाई पक्राउ गरिएको छ । स्मरण रहोस् जापानमा ग्राहक साँच्चै भगवाननै मान्ने संस्कार छ । यहाँ ग्राहकले गर्ने जस्तो सुकै गुनासो पनि हाँसी हाँसी समाधान गरिन्छ । यस्तो संस्कार भएको मुलुकमा पनि ग्राहकलाई प्रहरीकहाँ पुर्याउनु परेपछि सम्झौँ,आकितोसी ओकामोतोले कति धेरै फोन गरेछन् ।

केडिडिआईका अनुसार ओकामोतोले २ वर्षको अवधीमा २४ हजार पटक गोनासो सहितको कल गरेका हुन् । जो, प्रतिदिन औसत ३३ पटक हुन आउँछ । यसरी बारम्बार फोन गरेर, उनले केडिडिआईका कर्मचारीलाई उनिसंग भएको सम्झौता र सेवा चित्त नबुझेको भन्दै माफ़ी माग्न लगाउने गरेको बताईएको छ । यस घटनाको हाल विस्तृत अध्यायन भईरहेको छ भने,वास्तवमा त्यि व्यक्ति नै द्वोषी छन् या छैन भन्ने कुरा भने प्रमाणित हुन बाँकी छ ।

यद्यपी, जापानमा कुनैपनि सेवा चित्त नबुझे, सम्बन्धित कम्पनिमा गुनासो गर्ने र त्यसबाट पनि चित्त नबुझे उपभोक्ता केन्द्र छ । जो अत्यन्तै प्रभावकारी तथा उपभोक्ता माथी यदि अन्याय भएको छ भने, जस्तोसुकै हालतमा पनि सम्बन्धित सेवाप्रदायक माथि कार्वाही तथा पिडितलाई क्षतिपूर्ति दिलाउन सक्षम रहन्छ । त्यसैले यस्तो विकल्प हुँदाहुँदै पनि उनले बारम्बार फोन गरेर कार्यअवरोध सिर्जना गर्नु उनको द्वोष मान्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार