जपान एउटा यस्तो मुलुक हो,जहाँका धेरै कुराहरु विश्वका अन्य मानिसहरुका लागि सदैब चासो र कौतुहलताको विषय बन्ने गर्दछ । जापानको भौतिक विकास तथा समृद्धिका कथाहरु मात्र होईन यहाँको कला,संस्कृति तथा मौलिक परम्पराहरु पनि सदैब विश्वका मानिसहरुमा उत्सुकता जगाउने खालका छन् । त्यस्तै मध्ये एक हो,जापानको परम्परागत खानेकुरा मोची । केहि वर्ष अगाडिसम्म त मोचीको बारेमा लेखिएको एउटा पुरानो जापानी कथा नेपालको सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकमा समेत समावेश गरिएको थियो । जो,जापानमा हुनुहुन्छ,तपाईले सायद,खाने गर्नुभएको हुनसक्छ र यसबारे धेरै जानकारी लिईसक्नुभएको पनि हुन सक्नुहुनेछ । र जो जापान बाहिर हुनुहुन्छ,तपाईले पनि कहि न कहिँ धेरै थोरै यसबारे सन्नु भएको हुनसक्दछ । आउनुहोस आज पूर्ण जानकारी लिऊँ ।

के हो त मोची (餅)?
सामान्यतः मोची जापानी चामलको रोटी हो । मोची,मोचीगोमे (एक प्रकारको चामल जसलाई मोची बनाउनका लागि उपयोग गरिन्छ)बाट बानाईन्छ । जसरी नेपालमा लट्टे बनाउनका लागि,अनतिको चामाल प्रयोग गरिन्छ,जापानमा पनि मोची बनाउनका लागि मोची गोमेकोको प्रयोग गरिन्छ । मोचीगोमे अरु चामलभन्दा,लिसाईलो हुनेगर्दछ । यो जातको चामलको भातलाई,मिचेपछि गम जस्तै बन्दछ । त्यसैले सरलरुपमा एकै वाक्यमा भन्दा,एक विशेष चामलबाट बनाईने जापानी परम्परागत राटी हो मोची ।

जापानी समुदायमा मोचीको स्थान :
जापानी समुदायमा मोचीको महत्वपूर्ण स्थान छ । खासगरी मोचीलाई नयाँवर्षको विशेष परिकारको रुपमा लिने गरिन्छ । मोचीविभिन्न आकार र स्वादमा बनाउन सकिन्छ । पुरानो समयमा आफैँले घरमा बनाउनुको विकल्प थिएन भने अहिले घरमै बनाउनुपर्नेबाध्यता भने छैन । अहिले जुनसुकै समयमा,जापानका कन्भिनियन्ट स्टोर तथा सुपरमार्केटहरुमा सहजै,खरिद गर्न सकिन्छ ।नेपालसंगै तुलना गरेर भन्दा चाहीँ, उपलब्धता र चलनचल्ती चाहीँ ठ्याक्कै चिउरासंग तुलना गर्दा फरक नपर्ला । तर,स्वाद र आकारभने धेरै भिन्न छ । मोची चाम्रो(लिसाईलो) हुनेहुँदा यो खाँदा अलि लामो समयसम्म चपाउनुपर्नेहुन्छ । यसरी तुलनात्मकरुपमा मुखमालामो समय रहने मोची नयाँवर्षमा खाएमा आयु लामो हुने विश्वास गरिन्छ । हुन त हिजोआज मोची खाने चलन तथा मोचीकोविशेषताहरुमा व्यापक परिवर्तन पाउन सकिन्छ । यद्यपी नयाँ वर्षमा खाईने मोची अझै अन्यबेला भन्दा विशेष हुने गर्दछ । यो जापानीपरम्परागत परिकार भएकाले जापानी समुदायमा प्राचिनकालदेखि आजसम्म पनि विशेष परिकारकोरुपमा लिईने गरिन्छ ।अहिलेका पुस्ताहरुले पनि जानुन् भन्ने उद्देश्यका साथ हरेक वर्ष विद्यालय स्तरका विद्यार्थीहरुलाई भेला गराई मोची बनाउनेकार्यक्रमहरुको आयोना गर्ने गरिन्छ । जसलाई मोचीचुकु भनिन्छ ।
जापानमा मोची खाने चलन कहिलेबाट सुरु भयो त ?
जापानमा अन्य कुराहरु जस्तै मोची बनाउने चलन पनि चीनबाट नै भित्रिएको हो भनिन्छ । पुराना ग्रन्थहरुमा उल्लेख गरिए अनुसार हज्जारौँ वर्ष पहिले भित्रिएको हो । केहि ग्रन्थहरुका अनुसार,३०० बिसीदेखि मोची बनाउन थालिएको हो । त्यतिखेर चाहीँ यो शाही खानाका रुपमा राजामहाराजाहरुले मात्र उपयोग गर्दथे । त्यतिखेर मोची खाएमा भाग्य राम्रो हुने विश्वास गरिन्थ्यो । र त्यस्तै,केहि ईतिहास विद्हरुका अनुसार,जापानमा मोचीको प्रयोग हेयान काल(सन ७९४ देखि ११९२)को बिचमा भएको हो । जापानीहरुलाई पनि यसका उत्पतीकोबारेमा खासै ज्ञान भेटिन्न । अधिकांसलाई केवल यो एक परम्परागत जापानी परिकार हो भन्ने कुरा मात्रै ज्ञान भएको पाउँदछौँ ।

मोची कसरी बनाईन्छ त ?
खासमा पहिले पहिले चाहीँ मोचीगोमेको भातलाई एक विशेष खलमा राखी काठको मुंग्रोले पिटेर लिसाईलो बनेपछि,विभिन्न,स्वाद तथा रंगहरुको मिसावट गरी बनाउने गरिन्थ्यो जुन तलको चित्रमा हेर्न सक्नुहुनेछ ।
तर,हिजोआज भने मोची केबल परम्परागत परिकार मात्र नभई,व्यबसाय पनि भएकाले,बनाउने तरिकाहरु प्नि फरक फरक रहेका छन् । भातको सट्टामा पिठोको प्रयोग गरि विभिन्न,प्रयोजनका लागि फरक फरक स्वाद र फरक फरक प्रकारका बनाईने गरिन्छ ।

मोचीले निम्त्याउने मृत्यु
सायद,तपाईलाई अचम्म लाग्ला,तर जापानमा हरेक वर्ष नयाँवर्षको अवसरमा मोची अड्किएर मानिसहरुको मृत्यु हुने गर्दछ । प्रत्येक वर्ष १५/२० जना मानिसहरुको मोची अड्किएर निधन हुनेभएकाले नयाँ वर्षको बेलामा सरकारले मोची खाँदा सावधानी अप्नाउन सार्वजनिक सुचना नै जारी गर्ने गर्दछ । यसरी मोची अड्किएर मर्नेहरु चाहीँ अधिकांस वृद्ध- वृद्धा हुनेगर्दछन् ।
(स्रोत:जापानी परम्परागत खानाका परिकारसंग सम्बन्धित पुस्तक,अनलाईन खोजी , मोची बनाउने समारोहमा सहभागी हुँदाको जानकारी तथा जापानी नागरिकहरुसंगको प्रत्यक्ष कुराकानी)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




