टोकियो । जापानमा रहेका नेपाली किक बक्सिङ्ग च्याम्पियन मोहन ड्रागन नेपालको प्रतिनिधित्व गर्दै बिगव्याङ टाईटल उपाधिका लागि भिडने भएका छन।
दुई वर्ष अघि टोकियोमा भएको के वान टाईटलका फाइनालिस्ट मोहनले फेरि आफ्ना जापानी समर्थकका लागि बिगव्याङ टाईटलमा मुख्य आकर्षणका रूपमा मैदानमा भिड्न लागेका हुन। जापानी मिडियामा समेत चर्चा पाइरहेको यस प्रतियोगितामा उनले नेपालको झण्डा बोकेर मैदानमा उत्रने तयारि गरेका छन्। नेपालको इज्जत जापान भरि फैलाउन उनि बिहान र बेलुकी तालिम लिइरहेका छन् भने यसपटक बेल्ट जित्ने दाबि गरेका छन्।

टोकियो डोमको कोराकोएन हलमा आगामी डिसेम्वर २९ तारिक आईतबारका दिन जापानका अर्का चर्चित खेलाडी ज्योजीसंग उपाधिका लागि भिडने छन। ६६ किलो तौल समुहबाट खेल्न लागेका मोहन ४२ वर्षका भए। उमेरले ४२ वर्ष पुगेपनि ३० वर्षे खेलाडीसंग भिडन लागेका उनी धेरै समर्थकको चाहनालाई मध्यनजर गर्दै पुन भिडन्तमा होमिन लागेको बताए। जापानकै प्रतिष्ठित प्रतियोगिता भएकाले बिगव्याङको ३७ औं सस्करणमा मुख्य आकर्षणका रूपमा सहभागिता जनाउन लागेको जानकारी दिए।
यस्ता प्रतियोगिताहरुमा नेपाल सरकार र जापानको राजदुताबासले आजसम्म कुनै सहयोग नगरेपनि आफु निरन्तर लागिपरेको उनि बताउछन। ३००० भन्दा बढि अट्ने हलमा आफुलाई समर्थन गर्ने ४०० भन्दा बढि जापानीहरुले टिकट काटिसकेकोले नेपालि दाजुभाइ दिदीबहिनीहरुलाई पनि हौसला प्रदान गर्न आग्रह गरेका छन्।

उक्त प्रतियोगिता २९ तारिक आईतबार हुदैछ, प्रतियोगिताको मुख्य आकर्षण खेल भएकाले खेल तालिकाको अन्तिम करिब ९ बजेतिर हुन सक्ने बताइएको छ। सो अवसरमा सहभागि भई समर्थन र हौसला बढाई दिनका लागि जापानवासी नेपालीहरूमा मोहनले अनुरोध गरेका छन।
(मुक्ति सुवेदीको संयोजनमा प्रकाशित )
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न
यहाँ क्लिक गर्नुहोस्।
फेसबुक
र
टिकटक
मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




