टोकियो । म प्राय फुर्सतको समयमा, फोटोग्राफी या भिडियोग्राफी गर्न मन पराउँछु । फोटो खिच्न कहिँ त जानै पर्यो । त्यसै शिलशिलामा यस पटक, टोकियोको व्यस्थ सहर हाराज्युकु( 原宿)मा रहेको मेईजी जिन्गु( 明治神宮) नामक सिन्तोउ सिरिन( सिन्तो धर्मावलम्बीहरुको मन्दिर)मा पुगेँ । यहाँ पुग्नुको कारण चाहीँ, यो सिरिन नयाँवर्षका लागि एकदमै प्रसिद्द छ । खास गरि, व्यवसायी, नयाँ जागिरे, विद्यार्थीहरु नयाँ वर्षको दिन आफ्नो सफलताको कामनाका लागि यस सिरिनमा गई प्रार्थना गर्ने गर्दछन् । नयाँ वर्षको दिन यहाँ जानेबाटोमा बिहान सबेरै देखि लामो लाईन हुने गर्दछ । त्यसैले यसपटक टोकियोको  यो सिरिनलाई मेरो भिडियो व्लगमा समावेश गर्ने उदेश्यले साविकको दिन र नयाँ वर्षको दिनमा तुलना गर्न पनि भिडियो खिच्ने मनशायले पुगेको हुँ ।

मेईजि जिंगुको भ्लग पनि तयार पारेको छु । त्यो केहि दिनमा। हाम्रो अफिसिय युट्युबबाट प्रस्तुत गर्नेछौँ । तर आज चाहीँ त्यहि मन्दिर परिसरमा रहेको कपुरको रुख पनि, लिखित आशिर्बाद माग्नेहरुको केहि झलक प्रसेतुत गर्दैछु । सायद, तपाई जापानमा हुनुहुन्छ भने अवश्य देख्नुभएको छ , धेरै जसो मन्दिरहरुमा आफुले चाहेको कुरा लेखेर  मन्दिरको एक छेउमा झुन्ड्याउने चलन हुन्छ । यसरी लेखिएको ईच्छाहरु भगवानल् पूरा गर्दछन् भन्ने विश्वास गरिन्छ । यस पटक यहाँहरुलाई त्येि कपुरका रुखमुनि झुन्डिएका केहि ईच्छाहरु ( भगवानको नाममा चढाईएका आस्थाका )अक्षरहरुले कुँदिएका यि काठका चोईटाहरुको तस्बिर प्रस्तुत गर्दछु । हामीलाई हेर्दै गर्नुहोला यस भन्दा पछि, सांस्कृतिक तथा आर्थिक पाटोहरुलाई पनि प्रस्तुत गर्नेछौँ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार