{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"total_editor_time":104,"brushes_used":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1577238781871","total_effects_time":0,"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1577238781887","sources":["285162477021211"],"layers_used":0,"width":1351,"height":710,"subsource":"done_button"}

टोकियो । म्याग्दीका बाढी पीडितहरुका लागि मालिका समाज जापानबाट आर्थिक सहयोग प्रदान बेनी नगरपालिका -२ बगरफाँटको कोटखोलामा आएको बाढी पीडितहरुका लागि मालिका समाज बागलुङ जापानले रु १ लाख ७९ हजार रकम सहयोग प्रदान गरेको छ ।
बागलुङ जिल्लाको मालिकाबाट रोजगारी र अध्ययनका लागि जापानमा रहेकाको संस्था मालिका समाज बागलुङ जापानका आजीवन सदस्य भबिन्द्र घिमिरेले जापानमा संकलित रकम कोटखोला बाढी पीडित राहत संकलन तथा व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजाल (राजु) लाई हस्तान्तरण गर्नुभएको हो ।

बेनी नगरपालिका -२ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापा, वडासदस्य चन्द्रबहादुर कुवँर, नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की लगाएत बाढी पीडित र स्थानीयको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा मालिका समाजका प्रतिनिधि घिमिरेले प्रदेशमा रहेपनि आफ्नो गाउँठाउँमा परेको विपत्तिमा अलिकति भएपनि मलहम लगाउन सकिन्छ की भन्ने उद्धेश्यले जापानमा रहेका ८९ जना नेपालीहरुबाट रकम संकलन भएको जानकारी गराउनुभयो । सोही अवसरमा वडाअध्यक्ष थापाले बाढी पीडितहरुलाई व्यवस्थापनका लागि उचित जग्गाको खोजी भैरहेको र छिटै जग्गाको टुंगो लगाई उनीहरुलाई सुरक्षित ठाउँमा सारिने बताउनुभयो ।

गत असोज ४ गते राती कोटखोलामा निरन्तरको भन्दा धार परिवर्तन गरि आएको बाढीले बस्तीमा पसी ७ घर र एक विद्यालय पूर्णरुपमा क्षति पुर्याएको थियो । बाढीले क्षति पुर्याएको बुद्ध एकेडेमीको भने अहिले पुननिर्माण सम्पन्न भै नियमित पठनपाठन भैरहेको छ भने बाढी पीडितहरुको व्यवस्थापनका लागि जग्गाको खोजी भैरहेको बताईएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार