टोकियो । नेपाल भ्रमण वर्ष २०२० को जापानमा भव्य शुभारम्भ गरिएको छ ।
मंगलबार, राजदुत निवासको सभा हलमा, उल्लेख्य जापानी अतिथिहरुको उपस्थितीमा ,भ्रमण वर्षको सफलताको कामना गर्दै, स्वस्तिवाचन सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भ्रमण वर्षको लोगो सहितको ब्यानर खोलेर जापानमाऔपचारिक उद्घाटन गर्नुभएको हो ।

समारोहमा मन्तव्य राख्दै, राजदूत राणाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ, सहयोग र सद्भावको आवश्यक रहेकोबताउनु भयो । राणाले,नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं भाषिक विविधताले भरिएको मुलुक भएकाले, जापानीनागरिकहरुलाई नेपालका विश्व सम्पदा क्षेत्रहरु, सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बीनी जस्ता क्षेत्रहरुको भ्रमण गरी अनुभव सँगाल्न अनुरोध पनि गर्नुभयो ।

भिडियो हेर्नुहोस्
कार्यक्रममा,नेपाल तथा नेपाली पर्यटनको बारेमा जानकारीहरु प्रस्तुत गरिएको थियो । यसका साथै नेपालमा समय व्यतित गरेकाजापानी नागरिकले नेपालको चितवान राष्ट्रिय निकुन्ञ्जमा खिचेका विभिन्न जंगली जनावार तथा पंक्षीहरुको जानकारी सहितकोसामग्रीहरुको पनि प्रस्तुत गरिएको थियो ।

उदघाटन समारोहमा, जापान सरकारका पूर्व मन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा मन्त्रालयका वरिष्ठपदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत मासामिची साइगो, पूर्व राजदूतहरु, एनआरएनए जापानका पदाधिकारीहरु, नेपालीदूताबासका पदाधिकारी लगायत ठूलो संख्यामा जापानी तथा नपालीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




