टोकियो । जापानमा भोलिबाट शुरु हुने तेस्रो अन्तर्राष्ट्रीय अनेसास च्याप्टर सम्मेलनमा सहभागी हुन आएका  पाहुना साहित्यकारहरुलाई टोकियोमा औपचारिक स्वागत गरिएको छ ।

नेपाली राजदुतावास टोकियोले एक विशेष  रात्रीभोजको आयोजना गरि उनिहरुलाई स्वागत गरेको हो । दुतावासले, विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली साहित्यकारहरुलाई टोकियोमा स्वागत गर्दै उनिहरुको सम्मेलनको पूर्ण सफलताको कामना सहित रात्री भोजको आयोजना गरेको  हो ।

भिडियोमा हेर्नुहोस्

रात्रिभोजमा, महामहिम राजदुत प्रतिभा राणा,अनेसास केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली,एनआरएनए आईसीसी निवर्तमान अध्यक्ष तथा पर्यटन वर्ष २०२० का विश्व संयोजक भवन भट्ट, पत्रकार महासंघका अध्यक्ष मोहन घले, अनेसास जापानका पदाधिकारीहरु तथा विश्वभरबाट सम्मेलनमा सहभागी हुन आएका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

जापानमा हुने तेस्रो अनेसास च्याप्टर सम्मेलनको तयारी पुरा

संसारभरी छरिएका नेपाली साहित्यकारहरुको आधिकारिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन भोलि  सन् २०२० को जनवरी १० तारिखदेखि १२ सम्म राजधानी टोक्योमा  आयोजना गर्दैछ ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको अनेसास जापानका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक दीप पाठकले जनाएका छन् । सम्मेलनको उदघाटन शत्र ११ तारिक शनिबार बिहान १० बजे हुनेछ ।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार