{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"flip_rotate":0,"selection":0,"enhance":0,"free_crop":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"text":0,"lensflare":0,"clipart":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1579836409822","total_editor_time":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1579836409764","total_effects_time":0,"brushes_used":0,"height":1820,"layers_used":0,"width":3465,"subsource":"done_button"}

टोकियो । जापानमा अर्का एक जनामा कोरोना भाईरस भेटिएको छ । जापान भ्रमणमा रहेका एक ४० वर्षिय मानिसमा कोरोना भाईरसको संक्रमण भेटिएको र हाल उनलाई टोकियोमा उपचारलागि अस्पताल भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापान गत साता पहिलो पटक एक जना मानिसमा यो भाईरस भेटिएको थियो ।

चिनबाट फैलिएको यस भाईरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो ।कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन् ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ ।

संक्रमण थप फैलने चिन्ता

कोरोना भाइरसले विश्वव्यापी रूप लिनसक्ने चिन्ता व्यक्त भइरहेका बेला यसको नियन्त्रण चीनका लागि टाउको दुखाइको विषय बन्दै जान थालेको छ ।

भाइरसको संबmमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ । उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान भनेको छ ।

यद्यपि, संक्रिमत राज्यमध्येको एक हुवेईका लाखौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन निस्किने तयारीमा जुटेको बीबीसीले जनाएको छ ।

बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार