टोकियो । कोरोना भाईरसको संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने चिकित्सकहरुको सुझाव पछि, जापानका बजारहरुमा मास्कको अभाव हुन पुगेको छ ।
दिनप्रतिदिन संक्रमण फैलिनेक्रम बढ्दै जाँदा मानिसहरु सुरक्षा सतर्कता बढाउँदैछन् । जसका कारण बजारमा मास्क किन्नेहरुकोसंख्या ह्वात्तै बढेको छ । सामान्य अवस्थामा पनि जापानमा मास्कको प्रयोग अन्यत्रको तुलनामा अधिक हुने गर्दछ । प्राणघातकनोवल कोरोना भाईरसको बढ्दो संक्रमणबाट बच्नका लागि मास्क प्रयोग महत्वपूर्ण हुने भएपछि, टोकियोका कन्भिनियन्स स्टोर , सुपर मार्केट तथा औषधी पसलहरुमा मास्कको अभाव हुने अवश्था सिर्जना भएको छ । यो अभावको अवस्था सिर्जना नहोस भन्नकालागि केहि पसलहरुले एक व्यक्तिले केहि प्रतिमात्रै किन्न सक्ने सिमा निर्धारण गरेका छन् ।
मास्क उत्पादक कम्पनीहरुले पनि साबिक भन्दा २ सय प्रतिशतसम्म बढी उत्पादन गरिरहेका छन् । जापानका मास्कहरु अन्यत्रकाभन्दा गुणस्तरीय हुने हुँदा जापान रहेका चिनियाँहरुले आफ्नो देशमा रहेका आफन्तहरुलाई पठाउँने क्रम बढेकाल् पनि जापानकोबजारमा अभावको अवस्था सिर्जना हुन लागेको बताईएको छ । यता तिर मेडिकल मास्कहरुको माग बढिरहेको बेला एक कम्पनीलेभने उच्च प्रतिरोधी क्षमता भएको आठ तहको फिल्टर भएको मास्कको उत्पादन सुरु गरेको छ । यो अत्यधिक प्रभावित क्षेत्रहरुकोलागि उमयोगी हुने अपेक्षा गरिएको छ ।
तपाईले पनि, मास्क किन्नु भएको छैन भने, आफ्नो लागि बेलैमा जोहो गर्नुहोला ।
के मास्कको प्रयोगले कोरोना रोकथाम गर्दछ त ?
सामान्यतया चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो रङ्गको मास्क थुप्रै देशमा मानिसहरूलेसङ्क्रमणबाट जोगिन प्रयोग गर्छन्।
चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा त्यस्तो मास्कको प्रयोग भैरहेको छ तर त्यहाँ वायु प्रदुषणको मात्रा उच्च हुँदा पनिमानिसहरू त्यस्तो मास्क लगाउने गर्छन्।
भाइरसविज्ञहरू हावाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्क प्रभावकारी हुने कुरामा शङ्का व्यक्त गर्दछन्।
तर हातबाट मुख छोइँदा सङ्क्रमण सर्न सक्ने अवस्थामा भने त्यस्ता मास्क प्रभावकारी हुने केही प्रमाण भने छ।
युनिभर्सिटि अफ लण्डनको सेन्ट जोर्जेजका डा. डेभिड क्यारिंगटनले भने, “सामान्य प्रकारका सर्जिकल मास्कले हावामा हुने भाइरसर ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा दिँदैन।“
धेरैजसो भाइरसहरू हावाबाट नै मानिसमा सर्ने गर्छ। त्यस्ता मास्कहरूले नाक र मुख छोप्ने भएपनि ती खुकुला हुन्छन् र तिनमा हावाफिल्टर गर्ने व्यवस्था हुँदैन एवम् आँखा पनि छोप्दैनन्।
तर हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने त्यस्ता मास्कले केही हदसम्म सुरक्षा दिन सक्छन्।
न्यू साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार मानिसहरूले एक घण्टामा औसत २३ पटक आफ्नो अनुहार छुनेगर्दछन्।
युनिभर्सिटि अफ नटिंगमको मोलिक्युलर भाइरोलोजी विषयका प्राध्यापक जोनाथन बल भन्छन्, “अस्पतालभित्र नियन्त्रितवातावरणमा गरिएको एउटा प्रयोगका क्रममा सर्जिलक मास्क इन्फ्लुएन्जा सङ्क्रमण रोक्न उपयोगी देखिएको थियो।“
तर प्राध्यापक बल भन्छन्,” सर्वसाधारणका माझ बाहिरी वातावरणमा ती मास्कको प्रभावकारिताका सम्बन्धमा गरिएकाअध्ययनबाट प्राप्त तथ्याङ्क त्यस्ता मास्कको पक्षमा देखिँदैन।“
“लामो समयसम्म मास्क लगाएर बसिरहनु चुनौतीपूर्ण कार्य हो।“
क्वीन्स युनिभर्सिटि बेलफास्टस्थित वेलकम–वोल्फसन इन्टिट्यूट फर एक्सपेरिमेन्टल मेडिसिन विभागका डा. कनर ब्याफर्ड भन्छन्, “मास्कभन्दा सरसफाइका सामान्य उपायहरू अपनाउनु नै सङ्क्रमणबाट जोगिन मास्क लगाउनुभन्दा धेरै प्रभावकारी उपाय हो।“
उनी भन्छन्, “छिउँ गर्दा आफ्नो मुख छोप्ने, हात धुने, हात नधोइकन हातले मुख नछुने जस्ता कार्यले नै श्वासप्रश्वासबाट भाइरस सर्नसक्ने जोखिमलाई धेरै हदसम्म सीमित तुल्याइदिन्छ।“
मास्को सुरुवात कहिलेबाट भयो त ?
अठारौँ शताब्दीमा पहिलोपल्ट अस्पतालहरूमा सर्जिकल मास्कको प्रयोग हुन थालेको हो।
तर सन् १९१९ मा पाँच करोड मानिसको ज्यान लिनेगरी स्पेनिश फ्लुको महामारी फैलिएपछि मात्र पहिलोपल्ट सार्वजनिक रूपमा पनित्यस्तो मास्कको प्रयोग भएको हो।
त्यसो भए कसरी सुरक्षित हुने त ?
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले फ्लुजस्ता रोग लगाउने भाइरसबाट बच्नका लागि निम्न उपायहरू अपनाउन सकिनेसुझाव दिएको छ:
मनतातो पानी र साबुनले नियमित रूपमा हात धुनेसकेसम्म आफ्नो आँखा र नाक नछुने, स्वस्थ र तन्दुरूस्त जीवनशैली अपनाउने, पब्लिक हेल्थ इंगल्याण्डका डा. जेक डनिंग भन्छन्, “फेस मास्क लगाउनु फाइदाजनक हुन्छ भन्ने आम बुझाइ रहेको पाइन्छ तरवास्तवमा चिकित्सासँग सम्बन्धित वातावरणमा बाहेक अन्यत्र त्यस्ता मास्कले फाइदा पुर्याउँछन् भन्ने प्रमाण छैनन्।“उनी भन्छन्मास्कहरू प्रभावकारी हुनकालागि तिनलाई सहि तरिकाले लगाउनुपर्छ, नियमित रूपमा बदलिरहनुपर्छ र सहि तरिकाले फाल्नु पर्छ।
डा. डनिंग भन्छन् कि भाइरस सङ्क्रमणको चिन्ता छ भने आफ्नो व्यक्तिगत र हातको सरसफाइमा बढी ध्यान दिनु राम्रो हुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




