टोकियो । बाग्लुङ समाज जापानको तेश्रो अधिवेशन तथा चैते दशैँ मेला मे ३ तारिख हुने भएको छ ।

आईतबार  टोकियोमा सरोकारवालाहरुको अन्तर्कृयाले सो निर्णय गरेको हो । यस अघि अप्रिल ३ देखी ५ तारिख सम्म गर्ने भनिएता पनि बिबिध कारणले गर्दा मे ३ तारिखको लागि टोकियोको मेगुरो कुमिन सेन्टरमा कार्यक्रम गर्ने निर्णय गरिएको समाजका  सचिव  राजु केसिले जानकारी दिनुभयो ।

त्यस्तै अर्का सचिव, बिरोध चालिसेका अनुसार,जापानमा संगठित बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधि ,समाजका संरक्षकहरु ,सल्लाहकारहरु ,कलाकार र अग्रज ब्यक्तित्वहरुसँग छलफल गरिएको थियो । सहभागीहरुले बाग्लुङ जिल्लाको पहिचान बोकेको चैते दशै पर्वलाई प्रवाशमा रहेर पनी चैते दशै भन्दा केही दिन पछी भएपनी बिबिध कार्यक्रम गरी मेलाको रुपमा मनाउन लागिएको प्रति ऐक्यबद्धता जनाउदै उपस्थित सबैले भब्य र सभ्य बनाउनुपर्ने जोड दिएका थिए ।

समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिती ,कोषाध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा आर्थिक समिती गठन गरिएको छ । त्यस्तै गरी जापानमै पहिलो पटक हुन लागिरहेको दोहोरीगीत प्रतियोगिताका लागि लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखालाई प्रतियोगीता सम्पन्न गर्नका लागि जिम्मेवारी दिंदै शाखा अध्यक्ष सुर्य खड्कालाई साँकृतिक संयोजक तोकेको छ । सोही अवसरमा हुने समाजको तेश्रो अधिबेशनको लागि बेलुकाजी थापा संयोजक ,दीपक सुबेदी र डिपी कंडेल सदस्य रहेको निर्वाचन समिती पनी चयन गरिएको छ ।

कार्यक्रममा संरक्षकहरु महेश कुमार श्रेष्ठ, दीपक सुबेदी ,बेलुकाजी थापा ,डिपी कंडेल, सल्लाहकारहरु , बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिती रहेको थियो ।

नेपालबाट आमन्त्रित तथा जापानमै रहेका चर्चित तथा ख्याती प्राप्त कलाकारको प्रस्तुतीको साथमा नयाँ कार्यसमिती चयन गर्दै भब्य रुपमा गर्नलागिएको कार्यक्रममा जापानवाशी  नेपालीको साथ मिल्नेमा विश्वस्थ  रहेको अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुयो ।
अन्तर्क्रियाको सहजिकरण सचिव राजु केसीले गर्नुभएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार