टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको क्षेत्रिय समिति कान्साईले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि ३ लाख रुपैँया सहयोग गरेको छ ।
रंगशाला निर्माणार्थ अर्थसंकलन गर्ने उद्देश्य सहित लगाईएको श्रीमद्भभावगत महापुराण एवं धनधान्याचल महोत्सव २०७६ को अवसरमा सो रकमको आर्थिक सहयोग गरेको एनआरएनए जापान क्षेत्रिय समिति कान्साईका संयोजक कृष्ण गैरेले जानकारी दिनुभयो।
”गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको क्षेत्रिय समिति कान्साईद्वारा धुर्मुश सुन्तली फ़ाउण्डेशनद्वारा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाको लागि सहयोग रकम हस्तान्तरण कार्यक्रम “ लेखेको ब्यानर सहित रकम हस्तान्तरण कार्यक्रममा उप-संयोजक हरि कंडेल,सल्लाहकार तथा अभिभावक राजु गैरे,मानार्थ सदस्य दिलीप कंडेल,सामाजसेवि नर नारायण कंडेल, समाजसेवि टिकाराम खरेल ,विन्दु कंडेल तथा सिता खरेलले आफ्नो उपस्थित जनाउनुभएको थियो। यस कार्यक्रमलाई सफल बनाउन समुन्द्र अर्याल र मदन मणि कंडेलले आ-आफ्नो भुमिका खेल्नु भएकोमा संयोजक कृष्ण गैरे तथा उप-संयोजक हरि कंडेलले उहाहरूलाई विशेष आभार प्रकट गर्नु भएको थियो।
एनआरएनए कान्साईले विभिन्न समयमा विभिन्न ठाउमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि अवस्था हेरि सहयोग गर्ने कुरा स्मरण गराउदै उप-संयोजक तथा हाल कार्यवाहक संयोजक दिलीप शर्माले यसपाली गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि सहयोग गर्ने प्रस्ताप अघि सारी कार्यसमिति तथा सल्लाहकार समितिसंग परामर्श गरि निर्णय गरेपछि कोषाध्यक्ष विष्णु सापकोटाले एनआरएनए कान्साईका सचिव सुरेश सापकोटालाई सम्पर्क गरि रकम नेपाल पठाउनु भएको थियो।
यस्ता सहयोगहरूले आफूहरूलाई थप उर्जा प्रदान गर्ने भन्दै धुर्मुश सुन्तली फ़ाउण्डेशनले खुशि हुदै एनआरएनए जापान कान्साई परिवारलाई धन्यवाद प्रकट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




