टोकियो । टोकियोको व्यस्थ सहर ईकेबुकुरो  स्थित एशियन फेस्टिवलमा नेपाल भ्रमण वर्ष २०२० को विशेष प्रवर्द्धन गरिएको छ ।

गैर आवासीय नेपाली संघ जापानको तदारुकतामा सो, प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम फेब्रुअरी ८ र ९ तारिख २ दिन सम्म संचालन गरिएको थियो । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार सो, मेला अवधीमा नेपाल भ्रमण वर्ष तथा नेपालबारे तयार पारिएको करिब  २ हजार प्रति पर्चा वितरण गरिएको थियो ।  सरकारको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण योजनाको रुपमा मनाईरहेको नेपाल भ्रमण वर्षलाई, गैरआवासीय नेपाली संघहरुले विश्वभरी नै विविध कार्यक्रमहरु गरि प्रवर्द्धन गरिरहेका छन् ।

जापानमा, गत जनवरी ७ मा, विशेष कार्यक्रम गरि नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको थियो । त्यस यता गैरआवासीय नेपाली संघ जापान तथा राजदूतावासको पहलमा विविध प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिँदै आएको छ ।

थप भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार