टोकियो । फेब्रुअरी २३ तारिख, युवा पुस्ताका अत्यन्तै चर्चित र्याप गायक भिटेनले टोकियो तताउने भएका छन् ।
‘दाजुभाई’ नामक युवा समुहको आयोजनामा टोकियोको मुटु सिन्जुकुको वार्प( WARP) मा आयोजना हुने ‘ म्युजिकल नाईट, लाईभ ईन टोकियो भोलुम २’ नामक साँगितिक कार्यक्रममा भिटेनले आफ्ना दर्शक, स्रोताहरुका लागि गाउने छन् । फरक र विशिष्ट र्याप गायनको माध्यमबाट संसारभर छरिएर रहेका नेपाली युवाहरुको मन जित्न सफल भिटेन आफ्ना सांगिततिक कार्यक्रमहरु लिएर विश्वका विभिन्न मुलुकमा पुगिसकेका छन् । जापान पनि उनको यो दोश्रो सांगितिक कार्यक्रम हुनेछ । यस अघि पनि जापानमा आई निक्कै भव्य कार्यक्रम गरिसकेका छन् ।
कार्यक्रममा भिटेनसंगै गायक बिवेक वाईबा लामा,जापानमै रहेका नेपाली गायक ‘काले भाई’उर्फ कुमार गरुङ्( जो भ्वाईस अफ नेपाल सिजन २ को प्रतिस्पर्धीपनि हुन् )तथा नेपाल र नेपालीहरुलाई मायाँ गर्ने लोकप्रिय जापानी गायिका आओई सानो संगै डिजे नबिनलामाको विशेष प्रस्तुतीरहनेछ ।
कार्यक्रम ,सिन्जुकु स्टेसनबाट नजिकै रहेको वार्प सिन्जुकुमा अपराह्न ४:३० बजेबाट राती ८:३० बजेसम्म हुनेछ । कार्यक्रम सकिएपछिपनि ईच्छुकहरुले वार्प क्लवमा निशुल्क रमाउन सक्नेछन् ।२४ तारिख सोमबार पनि बिदाको दिन परेकाले टाढा टाढाका दर्शकहरुको पनि उपस्थिती हुने आयोजकको अनुमान रहेको छ ।
भिटेनसंगको बेजोड सागिँतिक आनन्द लिनका लागि भने पहिले नै टिकटलिनेहरुले ३५सय येन तथा त्यहि दिन ढोकामा गई टिकट लिँनेहरुले ४ हजार येन तथा भिआईपी टिकट लिनेहरुले १० हजार येनशुल्क तिर्नुपर्ने छ । टिकटका लागि भने यस कार्यक्रमको पोस्टरमा रहेका नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




