टोकियो । केही समय देखि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद ( एनआरएनए ) जापानलाई लाई बदनाम गर्ने नियतले भैरहेका अराजक गतिबिधीहरुका विरुद्द परिषदले कानुनी उपाचार  खोज्ने  भएको छ ।

केहि दिन यता जापानका नेपालीहरु लक्षित सामाजिक संजाल समूहरुमा एनआरएनए जापान जस्तै देखिने लेटरहेडमा भ्रमपूर्ण सामग्रीहरु सेयर गरिएका थिए । रंग र गैरआवासीय शब्द तथा लोगो पनि लगभग मिल्ने प्रकृतीको भएकाले झट्ट हेर्दा नै एनआरएनए जापानको मर्यादा माथी प्रहार भएको आँकलन गर्न सकिन्थ्यो ।  त्यहि गतिविधिलाई लछित गरि, एनआरएनए जापानद्वारा जारी विज्ञप्तीमा त्यस्ता  गतिविधिहरुको घोर भर्त्सना गर्दै  संलग्नहरुमाथी कानुनी कारबाहीको लागि प्रकृया अगाडी बढाएको जानकारी गराईएको छ ।

साथै  यस्ता किसिमका भ्रमहरुमा नपर्न सम्पूर्ण नेपालीहरुमा अग्रह गरिएको छ ।

(थप विज्ञप्तीबाट )

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार