
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापान स्थित बिभिन्न क्षेत्रका सकृय नेपाली तथा जापानी व्यक्तित्त्वहरुलाई , नेपाली समुदाय र नेपालका लागि प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्याएको आधारमा, मानर्थ सदस्यमा मनोनित गरेको छ ।
एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार, यहि मार्च १ तारीक बसेको तेश्रो नियमित बैठकले अन्य विविध निर्णय संगै सन २०१९ – २१ का लागि मानर्थ परिषद गठन गरेको हो । विज्ञप्तीका अनुसार मानर्थ परिषदमा – हरी सापकोटा , राजन श्रेष्ठ , अर्जुन अधिकारी , राजेन्द्र श्रेष्ठ , राजबिन थापा , मुक्तीराम खरेल , टिकाराम कडेल , प्रेम आचार्य , सन्तोष थापा , दिपक देबकोटा , सागर कंडेल , राजकुमार अधिकारी , यम खत्री , राजेन्द्र थापा , अर्जुन केसी , माधव उप्रेती , शुसिल गिरी , महेन्द्र गिरी , महेस रिसाल , बुद्धी शेरचन , गोपाल सापकोटा , पुरुषोत्तम सिग्देल , नारायण कंडेल , सुनिल केसी , सागर भन्डारी , भोजेन्द्र सुबेदी , गृष्मा पौडेल , नबिन अधिकारी , गेलु शेर्पा , कृष्ण सापकोटा , दिनेस लोहनी , अम्बर गुरुङ , रत्न सिंह बस्नेत , हरी लामीछाने , सुमन लिम्बु , कृष्ण के सी , आशीष थापा , शरद राई , पुर्ण चलाउने , अर्जुन थापा , गिरीजा गैरे , बिष्णु भन्डारी , कृष्ण खरेल , राज पुरी, जापानी नागरिक , मियाजाकी कोजी , युकी आबे , कोनिसि तोसिआकी , युको सानो , सासाकी हिरो , योसिहरु कोमियामा , यामासिता किन्जोलाई मनोनित गरिएको छ ।
त्यस्तै, एनआरएनए जापानको रिक्त महिला सदस्यकोटाको लागि स्मृति आचार्यलाई मनोनित गरीएको बताईएको छ । यसका साथै ,आईसिसी अधिवेशनमा प्रतिनिधी जानका लागि सदस्यता शुल्क बुझाएता पनि एनआरएनए जापानले तोकेको मापदण्ड नपुगी जान नपाएका सदस्यहरूलाई कोषाध्यक्ष कालिका थापाको संयोजक्तामा पाँच सदस्य कार्यदल गठन गरी शुल्क फिर्ता गर्ने कार्य पनि सम्पन्न भएको पनि उल्लेख गरिएको छ । हाल संस्थाको कोषमा नगद ५० लाख १७ हजार ७ सय ५४ येन रहेको र जसमध्ये ४० लाख येन एनआरएनए जापानको आपतकालीन राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको विज्ञप्तीमा जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




