{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1584320462781","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1584320462765","source":"other","origin":"gallery"}

टोकियो । आईतबारसम्म जापानमा १५ सय  २८ जना मानिसहरुमा कोरोना भाईरसको संक्रमण भएको छ ।

सरकारले नियन्त्रणका लागि विभिन्न उपायहरु अवलम्बन गरेता पनि दिनहुँ संक्रमण बढिरहेको छ ।

संक्रमित १५ सय २८ मध्ये ६ सय ९७ जना भने डायमण्ड प्रिन्सेस जहाका यात्रु हुन् ।जापानी स्वास्थ्य मन्त्रालयका अनुसार, आईतबारसम्म ३० जना नयाँ संक्रमित पुष्टी भएको हो । हालसम्म जापानमा ३१ जना संक्रमितहरुको मृत्यु भईसकेको छ ।

जापान धेरै संक्रमण देखिएका मुलुकहरुको सुचीमा ९ औँ स्थानमा छ ।  यो सुचीमा क्रमस:चाईना,ईटाली,ईरान,दक्षिणकोरिया,स्पेन, फ्रान्स, जर्मनी तथा अमेरिका रहेका छन् ।

जापानमा संक्रमण फैलिनबाट रोक्न, सबै विद्यालयहरु विदा तथा  सबै किसिमका सभा समारोहहरु स्थगित गरिएको छ । यसकासंक्रमण फैलिएका मुलुकबाट प्रवेश बन्द तथा क्वारेन्टाईन बस्नुपर्ने नियम बनाईएको छ । ठूला–ठुला कम्पनीहरुले घरबाटै अनलाईनकाम गराएका छन् । सबै जसो कम्पनीका बैठक एवं तालिमहरुको समय तालिका पछि सारिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार