काठमाडौँ । वैदेशिक रोजगार वा अन्य कामको सिलसिलामा जसरी पनि नेपाल नगई नहुने वाध्यता रहेका नेपालीहरुलाई सहयोग पुर्याउन एनआरएनए आईसीसीले पहल गरेको बताईएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले शुक्रवार साँझ आफ्नो सामाजिक संजालमा लेखेकेका छन् – वैदेशिक  रोजगारी वा अन्य कामको सिलसिलामा विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई कसरी सहयोग पुर्‍याउने भन्ने सन्दर्भमा आज माननीय गृह मन्त्री रामबहादुर थापा र माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गैरआवासीय नेपाली संघको टोलीले भेटेर छलफल गरेको छ । भिसा तथा श्रम स्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अप्ठेरोमा परेर स्वदेश नफर्की नहुने आपतकालीन अवस्था भएकालाई सहयोग पुर्‍याउन सरकार र संघबीच समन्वय गर्ने समझदारी बनेको छ । विदेशमा अप्ठेरो अवस्थामा रहनुभएका वा त्यसबारे जानकारी हुनुभएका जोकोहीले सम्बन्धित दूतावास वा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)मा सम्पर्क गर्नहुन अनुरोध छ । यो विषम परिस्थितिमा हामी सकेसम्म जो जहाँ छौँ त्यहीँबाट मुकाबिला गर्नुको विकल्प छैन । आपतकालीन अवस्थामा उद्धार वा सरसयोगका निम्ति हामी सरकारसँग निकट सम्पर्कमा छौँ । सरकार पनि यसमा निकै सकारात्मक र तत्पर रहेको हामीले पाएका छौँ । भेटका निम्ति समय मिलाउनुभएकोमा र पहलकदमीको तत्परता देखाउनुभएकामा मन्त्रीद्वयमा आभार ?।

पन्तको यो, जानकारीलाई आधार मान्ने हो भने, यदि तपाई समस्यामा हुनुहुन्छ भने, तपाई रहेको देशको गैरआवासीय नेपाली संघको राष्ट्रीय समन्वयय समितिमा सम्पर्क गर्न सक्नुहुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार