
टोकियो । गैरआवासीय नेपाली संघ जापानले एलिजा केसी भण्डारीलाई कोरोना भाईरस सहजीकरण संयोजक तोकेको छ ।
एनआरएनए आईसीसीको परिपत्र अनुरुप,एनआरएनए जापानको तर्फबाट कोरोना भाईरसबारे, नजिकबाट अध्यन गरिरहनु भएकी र पब्लिक हेल्थमा पीएचडी गर्दै रहनु भएकी साथै एनआरएनए जापानको उच्चस्तरीय समिति सदस्य समेत रहनुभएकी एलिजा केसी भण्डारीलाई मनोनीत गरीएको हो ।
एनआरएनए जापानका अध्यक्ष, देवीलाल भण्डारीका अनुसार, यस अभियानको लागि अब छिट्टैनै संयोजकहरुको मातहतमा बिभिन्न क्षेत्रबाट पनि समन्वयकर्ताहरु लाई मनोनित गरी, नेपाली समुदायलाई कोरोना भाईरसको प्रकोपबाट बचाउनका निम्ति आवस्यक कदम चालिने छ । त्यस्तै, महासचिव जनक विक्रम शाहीका अनुसार जापानमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई यस विषम परिस्थिति बाट बच्न सावधानीका उपायहरु अवलम्बन गरी सुरक्षित रहनका लागि जनचेतना फैलाउन बनेको यस संयन्त्रमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।
एनआरएनए जापानले , हाललाई कोरोना भाईरस सम्बन्धि कुनैपनी आवस्यक जानकारीको लागि संयोजक एलिजा केसी भण्डारी , एनआरएनए जापान कार्यसमिति तथा हेल्पलाईन नम्बर ०८० – ९७०० – ६०११ र क्षेत्रीय संयोजकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
नवनियुक्त संयोजक केसीसंग, ईमेल :- 18mp204 @ slcn . ac . jp मेलमार्फत तथा सम्पर्क नम्बर :0 90 – 6565 – 4748 मा सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




