{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585102972239","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585102972172","source":"other","origin":"unknown"}

टोकियो । सुदुरपश्चिमको बझाङ जिल्ला (छबिस पाथिभारा-१ गाउपालिका)घर भई हाल जापानको टोकियोमा बस्दै गरेका लोकराज धामीको आफु बसेकै होस्टेलमा दु:खद निधन भएको छ ।

टोकियोको ओचुकामा रहेको उक्त होस्टेलमा २४ तारिख सोमबार राती धामीको निधन भएको जापान प्रहरीले जनाएको छ ।निधन हुनुको कारण हृदयघात भएको जापानको सुगामो प्रहरीलाई उध्दृत गर्दै सुदुरपश्चिमेली समाज जापानले जनाएको छ ।

धामी निधन हुनु तीन दिन देखि आफ्ना साथीभाइको सम्पर्कमा नरहेपछि जापान प्रहरीलाई खबर गरेको सुप समाज जापानका सल्लाहकार योगेन्द्र बोहराले बताउनुभयो ।

निधन भएका धामी सन २०१७ मा विधार्थी भिषामा जापान प्रवेश गरेका थिए ।धामीका नेपालमा श्रीमती ,एक छोरा र एक छोरी छन ।

त्यसैगरी धामीको अन्तिम दाहसंस्कारका लागि सुदुरपश्चिमेली समाज जापानले आर्थिक संकलन अभियान शुरु गर्दै सबै जापानवासी नेपालीलाई सहयोगको अपिल पनि गरेको छ ।समाजले समाजको जापान हुलाक बैंकको १०१०० -९१२८२९२१ खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार