टोकियो । जापानमा कोरोना भाईरसको संक्रमितहरुको संख्या दिन दिनै वृद्दी भईरहेको छ । बढ्दो संक्रमणका कारण हालसम्म शान्त रहेको नेपाली समुदायमा पनि चासो र चिन्ता बढ्न थालेको छ ।

पहिलो पटक संक्रमण फेला परेको झण्डै २ महिनासम्म पनि खासै संक्रमितहरु नबढेको भनिएको टोकियो क्षेत्रभित्र पछिल्ला २ दिनदेखि दैनिक ४० जनाभन्दा बढीमा नयाँ संक्रमण भेटिएको जापानी संचार संस्थागरुले जनाएका छन् । एकतिर बढ्दो संक्रमण अर्कोतिर उस्तै भिडभाडपूर्ण दैनिकी, यि विविध कारण झण्डै १ लाखको संख्यामा रहेको नेपाली समुदाय चिन्तित बनेका छन् । विश्व नै आक्रान्त भएको यस विषम परिस्थितिको सामाना गर्नुको विकल्प छैन ।बाक्लो जनघनत्व भएको टोकियो तथा यस्तै अन्य सहरहरुमा बसोवास गर्ने नेपालीहरुमा अध धेरै चिन्ता र आशंक्का बढेको छ ।

यसैविचमा जापानमा रहेका नेपाली समुदायहरुलाई विभिन्न नाम र समूहरुरमा नेतृत्व गरिरहेका अगुवाहरुको धारणा के छ त ? हालसम्म कुनैपनि नेपालीहरुमा संक्रमण देखिएको छैन तर देखिईहाल्यो भने, त्यसले कति र कहाँ कहाँ सम्म प्रभाव पार्दछ ? त्यसको क्षति न्युनिकरणका लागि के गर्न सकिन्छ ? लगायतका विषयमा हामीले केहि जिम्मेवारहरुको आवाजलाई समेटेका छौँ ।
थप यो भिडियोमा हेर्नुहोस् ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार