{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585487595728","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585487595722","source":"other","origin":"gallery"}

टोकियो ।कोरोनाको कारण जापानी कम्पनीहरुले आउँदो अप्रिलबाट काममा राख्ने गरि आन्तरिक रोजगारी प्रस्ताव पत्र दिईएका  व्यक्तिहरुको रोजगार प्रस्ताव खारेज गर्न थालेको खुल्न आएको छ ।

एनएचके टेलिभिजनको एक कार्यक्रम स्वास्थ्य श्रम तथा समाजकल्याण मन्त्री खातोउले यहि २८ तारिख सम्म ३२ जनाको रोजगार  प्रस्तावपत्र खारेजी गरेको जानकारीमा आएको बताएका हुन् । जापानमा हरेक वर्ष अप्रिलमा कम्पनीहरुले नयाँ कर्मचारी नियुक्ति गर्नेगर्दछन् । यसरी अप्रिलबाट नियुक्ती पाउने कर्मचारीहरु छ महिना अघिदेखिनै अन्तरवार्ता तथा लिखित परिक्षाको माध्यमबाट छनौट गरि उनिहरुलाई रोजगारप्रस्ताव पत्र ( 内定) दिईने गरिन्छ ।

श्रम मन्त्रालयका अनुसार, यहि मार्च २७ सम्मको आँकडामा करिव ९९४ जना जतिमा यस किसिमको समस्या पर्ने देखिएन आएको छ । त्यसैले मन्त्री खातोउले कम्पनीहरुलाई  पहिले रोजगारी दिने कामलाई प्राथमिकता दिन आग्रह गरेको बताएका छन् । जापानमा अप्रिलमा धेरै विदेशी विद्यार्थीहरुले आफ्नो पढाई सक्काएर रोजगारी भिसामा परिवर्तन गर्ने समय हो । यो केहि घटनाहरु देख्दा नयाँ रोजगारीमा पनि यस कोरोनाले ठूलो प्रभाव पार्ने निश्चित देखिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार