
टोकियो । जापानको राजधानी टोकियोमा कोरोना भाईरसको संक्रमण तीव्र गतीमा बढेको छ । आईतबार मात्रै ६८ जनामा नयाँसंक्रमण पुष्टी भएको छ ।एकैदिन पुष्टी भएको संख्यामा हालसम्मकै उच्च हो ।
स्रोतका अनुसार ६८ जना मध्ये २७ जना ताईतोवार्डमा अवस्थित एईजु जनरल हस्पिटलमा उपचारार्थ पुगेका तथा त्यहि कार्यरतकर्मचारीहरु रहेका छन् । यो त्यहि हस्पिटल हो , जहाँ यस अघिनै संक्रमण फैलिएको थियो । उक्त हस्पिटलसंग सम्बन्धितव्यक्तिहरुमात्रै ९६ जनाभन्दा माथि पुगेको छ । त्यहाँका अन्य व्यक्तिहरुको अझै परिक्षण चलिरहेकाले अझै बढ्ने अनुमान गरिएकोछ ।
यस्तै, टोकियो नजिकै रहेको अर्को प्रान्त चिबामा पनि आईतबार ३३ जनामा नयाँ संक्रमितहरु पुष्टी भएका छन् । त्यसरी पुष्टीहुनेहरुमा यस अघिनै संक्रमण भेटिएको होकुसो नामक अपांग स्याहार केन्द्रसंग सम्बन्धित व्यक्तिहरु रहेका छन् । स्रोतका अनुसार, त्यहाँ कार्यरत तथा तिनका परिवारहरुमा पनि संक्रमण देखिएको छ ।
आईतबार राती १० बजेसम्मको तथ्यांक्क अनुसार, जापानभर १६० जना नयाँ संक्रमितहरु थपिएका छन् ।जापानी संचार माध्यमएनएचकेले उल्लेख गरे अनुसार, हालसम्म जापान भित्रै संक्रमण देखिएका १८८४ जना र डाईयमन्ड क्रुजका यात्री ७१२ जना गरिजापानमा हालसम्म,२५ सय ९६ जना कोरोनाका संक्रमितहरु देखिएका छन् ।यस्तै आईतबार थप एक जनाको निधन पनि भएको छ। यो संगै जापानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ जना पुगेको छ ।
( मृतक तथा संक्रमितहरुको संख्यामा केहि फरक हुनसक्छ । किनकी यो तथ्यांक्क संकलनको समयमा भरपर्दछ । यस किसिमको महामारीमा संख्याहरु थपिने क्रम निरन्तर रहने हुँदा,ठ्याक्कै सबै संचार माध्यममा एउटै नहुन सक्दछ । हामीले यहाँ प्रस्तुत गरेको तथ्यांक्कहरु एनएचकेसंग नजिक रहेको छ ।- सम्पादक)
टोकियोमा कोरोना संक्रमितको संख्या आईतबार पनि बढ्यो, एकै दिन ६८ जना नयाँ संक्रमित पुष्टी(अपडेट)
टोकीयो र चिबामा कोरोना संक्रमण तीव्र, शनिबार जापानभर २०८ जनामा नयाँ संक्रमण
कोरोना भाईरस विरुद्ध एनआरएनए जापानको विशेष पहल, प्रधानमन्त्री राहतकोषमा ५ लाख रुपैँया सहयोग गर्ने
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




