
टोकियो । शुक्रबार पनि टोकियोमा कोरोना भाईरसको संक्रमण बढेको छ । अपरान्ह ४ बजेसम्मको तथ्यांक्क अनुसार, शुक्रबार पनि ८५ जना भन्दा बढीमा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टी भएको छ। आजको यो संख्यासंगै टोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ७ सय ७३ जना पुगेको छ ।
यस्तै गरि जापानमा रहेका एक नेपालीलाई पनि कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । ईबाराकीकेनमा बस्दै आएका एक नेपालीलाई कोरोना भाईरस पुष्टी भई हाल, ईबाराकीकै चुकुबा हस्पिटलमा उपचार भईरहेको नेपाली राजदुताबासले जनाएको छ ।नेपालन्युजपोस्टले , अरु व्यक्तिहरुको सजगताको लागि उपयोगि हुनसक्छ भन्ने उदेश्यले संक्रमित नेपालीको पुर्ण विवरण मागेता पनि जापानको व्यक्तिगत सुचना गोपनीयताको पालना भन्दै थप जानकारी भने प्राप्त हुन सकेन ।
उनि नेपाली समुदायमा पुष्टी भएको पहिलो संक्रमित हुन् । दुतावासका अनुसार उनको अवस्था सामान्य छ ।
बिहिबार टोकियोमा एकैदिन ९५ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था गम्भीर बन्दै ( अपडेट)
टोकियोमा कोरोना संक्रमितको संख्या बुधबार पनि बढ्यो एकैदिन ६६ जना नयाँ संक्रमित पुष्टी ( अपडेट)
टोकियोमा मंगलबार ७८ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टी, टोकियोमा जोखिम बढ्दो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




