{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586250397016","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586250397008","source":"other","origin":"gallery"}

टोकियो । दैनिक कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि, अन्तत: जापान सरकारले टोकियो, ओसाका लगायतका ७ वटा प्रिफेक्चरहरुमा आपतकालिन् अवस्थाको घोषणा गरेको छ ।

मंगलबार साँझ घोषणा गरिएको आपतकालिन् अवस्था मे ६ तारिखसम्म रहनेछ ।प्रधानमंत्री सिन्जो आवेले ईतिहासमा पहिलो पटक यस प्रकारको आपतकालिन् अवस्थाको घोषणी गरेका हुन् । यसरी आपतकालिन् अवस्था लागु हुने स्थानहरु – टोकियो, साईतामा,खानागावा, चिवा, ओसाका, ह्योगो तथा फुकुओका रहेका छन् ।

आपतकालिन् अवस्था लागु भएका स्थानहरुमा के के गर्न मिल्छ ? के के गर्न मिल्दैन ? तथा आपतकालिन् अवस्था घोषणा गर्नुपरेको कारण बारे साँझ ७ बजे प्रधानमंत्री आवेले पत्रकार सम्मेलन गरि जानकारी गराउने कार्यक्रम रहेको छ ।

पछिल्ला केहि सातादेखि निरन्तर कोरोना संक्रमण बढिरहेको टोकियोमा मंगलबार पनि ८० जना संक्रमितहरु पुष्टी भएका छन् । यसका अलवा जापानका सबैजसो  प्रान्तहरुमा संक्रमित बढेका छन् । थप अपडेट राती १० बजेपछि  प्रस्तुत गर्नेछौँ, हामीलाई हेर्दै गर्नुहोला ।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार