{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586421229844","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586421229831","source":"other","origin":"gallery"}

राजनीति मानव जिबनको अनिबार्य अंग हो, चेतना भएको कुनै पनि मानिस राजनीतिबाट अलग रहनु हुन्न भन्ने मान्यता बिश्वब्यापी रुपमा भएपनि राजनीति गर्नेहरुले आफ्नो स्वार्थहरू पुरा गर्न होस् या आफ्नो दलको लागि होस्, यो बिश्व महामारीमा फसिरहेको बिशाल दुनियाँमा कुनै पनि राजनैतिक नेता होस्, कार्यकर्ता होस्, उस्ले राजनैतिक तिकडमबाजिहरु खेल्नु अमानबीय गतिविधिको रुपमा प्रस्तुत गर्दा कुनै अन्याय नहुने मैले ठान्दछु  ।

बर्तमान नेपालमा देखिएका राजनैतिक दलका स्वरूपहरुलाई हेर्दा जसरी पनि सत्तामा पुग्ने, राज्यको बागडोर लिने र अन्त्यमा सत्ताधारीको कुरुप भेषमा राज्यमाथि दोहन गरेर राज्यलाई खोक्रो पार्ने रणनीतिको रुपमा सिधा तरिकाले बुझ्न सकिन्छ, नेपाली जनताहरुले त्यसरी नै बुझिरहेको आभाष पाईन्छ ! नेपालको पछिल्लो समय उच्च तहका नेताहरु, मन्त्रीहरु, पार्टीका कार्यकर्ताहरु कसरी हुन्छ कमाउने धन्दामा लागिरहेको र समय समयमा ति धन्धाकारिहरुको कर्तुत बाहिर आउने शृंखला जारि छ ! हुन त नेपालको सन्दर्भमा पंचायती ब्यबस्थामा शाही राज्य देखिका मान्छेहरु र प्रजातन्त्र प्राप्ति पछिका सबै सरकारहरुमा बस्नेहरु भ्रष्टाचारमा नडुबेका भने होइनन् ! ति भ्रस्टचारिहरुलाई बाहिर ल्याउने तागत त्यतिबेला कम नै थियो भन्नु पर्छ ! अहिलेको समय त्यस्तो छैन किनकि जनतामा चेतना भरिएको छ, सुझबुझका साथ हेर्ने क्षमता राख्छन ! न्याय अन्यायको बिरोधमा आवाजहरु बुलन्द पार्छन ! प्रशस्त सुचना लिएर सम्प्रेषण गर्ने मिडियाहरु छन् । त्यसैले घुषखोहरुको ढिलोचाँडो पर्दाफास हुने गरेको छ ।
मैले माथि यति कुराहरु फरक ढङ्गबाट राख्दै गरेपछि मुख्य आज मैले राख्न खोजेको कुरा के हो भने नि, हामि नेपाली, हाम्रो नेपाल, यो बिश्व दुनियाँ अहिले कोरोना भाईरसको कारण आकुलव्याकुल छ, यो विषम परिस्थितिमा हामीले खोजेको भनेको यो महामारीबाट बिश्व मुक्त होस्, जनजीबन महामारी पूर्वको स्थितिमा जाओस् भन्ने मुख्य रहन्छ । तर दुर्भाग्यबश सारा दुनियाँ यो महामारीसँग भिषण लडाँई लडिरहेको बेला हाम्रो देसमा भने सरकारमा हुनेहरुले स्वास्थ्य सामग्री किन्दा पनि कमिशनको अपेक्षा राख्छन, राहत वितरण गर्दा पनि राजनीति प्रतिसोधका आधारमा गरेको सुन्नमा आउँछ । अझै नौलो कुरा त यो सरकार हट्न पर्यो, यो सरकारले कोरोना भाईरस रोकथाम बिधिमा निर्णयाक भूमिका खेल्न सकेन भन्ने आरोपहरु पनि आएका छन्, अझै मध्याबदी चुनाव हुनुपर्यो पनि भनिरहेका छन् भन्ने सुनिन्छ !
बास्तवमा यो उराठलाग्दो, उदासिनताले भरिएको समयमा यस्ता अपाच्य कुराहरु किमार्थ जायज हुन सक्दैनन् ! विश्वका महान शक्तिशाली देसहरुले यतिबेला नसोचेको डरलाग्दो समय खेपिरहेको अबस्था छ ! शायद यस किसिमको महामारीको क्रुरता पहिलो र दोस्रो बिश्व युद्दमा पनि भोग्न परेको थिएन जस्तो लाग्छ ! मान्छेहरु मरिरहनु, मरेका मानिसहरुको मृत शरीरलाई ब्यबस्थित गर्न नसक्ने अबस्था यो शताब्दीको लागि अभिशाप हो ! त्रसित बिश्व समुदाय, कोलाहल र क्रन्दनका आवाजहरु बास्तबमा कति बिकराल बनिरहेको छ ! खै कसरि हो, हाम्रो देस नेपाल र नेपालीहरुले ति मुर्छित दृश्यहरु नेपालभित्र देख्न नसक्नु एउटा राम्रो पक्षको रुपमा लिन सकिन्छ ! जे होस् नेपाल र नेपाली सुझबुझका साथ आफ्नो स्रोत र साधनले भ्याए सम्म कोरोना भाइरसको महामारिसँग लडिरहेको छ ! बास्तबमा अझै भन्ने हो भने यो लडाइँ न वर्गीय हो , न जातीय हो , न निजी स्वार्थको नै , यो लडाइँ त मानवताको हो । मानव मात्रलाई बचाउने यो समय मानवीय भावनाको बोधको समय हो । यो कुनै क्षुद्रता प्रदर्शन गर्ने , मान्छेको संवेदना भड्काउने समय होइन । यो अवसर छोपेर गरिने राजनीतिक दरिद्रताको प्रदर्शन गर्ने समय पनि होइन । यो निषेध , नकार र प्रतिशोधको समय पनि होइन । यो एकताबद्ध भएर लड्ने समय हो । हाम्रो सम्पूर्ण शक्ति, बुद्धि र सामर्थ्य त्यसैमा लगाउने बेला हो यो । यो कुनै गाली गलोज , असहिष्णु र बदला भाव राख्ने समय होइन । आउनुहोस् हामी एकताबद्ध हौ र बाँकी हिसाब किताब पछि गर्ने गरी कोरोना आतङ्क विरुद्ध एकजुट हौं । यदाकदा यो लडाइँमा राजनीतिक गन्ध मिसाउने प्रयास भएको कुरा माथि नै उल्लेख गरेको छु ! साँच्ची त्यसो गरियो भने यो महामारीले सबैको हिसाबकिताब अवश्य गर्नेछ ।

ठिक छ महामारीबाट जोगिएर पुरानो स्थितिमा फर्कियौं भने आ-आफ्नो राजनीति गरौंला, बास् पहिला बाँचौं हामि !
धन्यबाद

( यि लेखका निजी विचार हुन्)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार