
टोकियो । महामारीको रूपमा फैलीएको COVID-19 को संक्रमण र हाल जापानवासी नेपाली समुदायमा परेको प्रभाव न्यनिकरण तथा सहजीकरणका लागि,-‘नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समिति जापान’ गठन गरिएको छ ।
शुक्रवार, नेपाली राजदूतावास , एनआरएनए तथा जापान स्थित विभिन्न सकृय संघ संस्थाहरुको सहभागीतामा भिडियो कन्फ्रेंसको माध्यमबाट सम्पन्न अनलाईन बैठकको निर्णय अनुसार सो, सर्वपक्षिय समिति गठन गरिएको हो ।
नबगठित, ‘नेपाली समुदाय COVID – 19 आपतकालीन सहयोग समिति जापान’को प्रमुख संरक्षकमा महामहिम राजदूत प्रतिभा राणा, संरक्षकमा, उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल,एनआरएनए आईसीसी निवर्तमान अध्यक्ष भवन भट्ट , पूर्व अध्यक्ष देवमान हीराचन,एनआरएनए आईसीसी कोषाध्यक्ष महेश श्रेष्ठ रहनुभएको छ भने, सल्लाहकारहरुमा वर्तमान तथा पूर्व आइसीसी, एसीया प्यासिफिसिक संयोजक , उपसंयोजक र सदस्यहरु, एनआरएनए जापान संरक्षक परिषद, एनआरएनए जापान उच्च स्तरीय बिज्ञसमिति,एनआरएनए जापान सल्लाहकार परिषद ,एनआरएनए जापान मानार्थ परिषद ,जापान स्थित सकृय संघ संस्थाहरुका प्रमुखहरु रहने व्यवस्था गरिएको छ । साथै सो समितिको संयोजकमा एनआरएनए जापानको अध्यक्ष, देबिलाल भण्डारी तथा सदस्य सचिवमा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाही रहनुभएको छ ।
समिति अन्तर्गत, स्रोत परिचालन तथा मानव संसाधन प्रबंधन बिभाग ,स्वास्थ्य तथा जनचेतना बिभाग ,सरकारी निकाय समन्वयबिभाग ,खाद्यान्न तथा लजिस्टिक समन्वय बिभाग ,आय तथा रोजगार समन्वय लगायतका बिभागहरु पनि बनाईएको छ । गठित विभाग प्रमुख तथा संचालन कार्यविधि भने , प्रमुख संरक्षक , संरक्षक र सल्लाहकार परिषदको बैठकबाट तय गरिने छ ।
समितिले, कोरोना भाईरस संक्रमण र सुरक्षाका निम्ति सुचना प्रवाह तथा जनचेतना अझै ब्यापक गराउने, जापान सरकारले उपलब्धगराउने राहत अथवा सुबिधाको वारेमा नेपाली समुदाय अझै प्रवाभकारी रुपमा सुसुचित गर्ने ।बिदामा नेपाल गएका र जापान फर्किन नसकेका नेपालीका साथै जापानबाट नेपाल फर्कन चाहने नेपालीहरुको लागि के व्यवस्था गर्न सकिन्छ त्यसको लागि आवसश पहल कदम चाल्ने, भिषाको समस्या भएका नेपालीहरुको निम्ति दूतावासले नेपाल लगायत जापानका सम्बन्धित निकायहरुसंग अझै बिशेष पहल गर्ने जस्ता सामूहिक हितमा कार्य गर्नेछ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




