
हाल सालै एक साँझ कार्यलयबाट निवासतिर फर्किँदै थिएँ । फेसबुकमा एकजना शुभचिन्तकले नेपालको झल्को दिने केहि तस्बिरहरु पोस्ट गर्नुभएको रहेछ, त्यसैमा नजर टक्क अड्डियो ।
हिजो आज प्राय धेरैजसो कम्पनीहरु बन्द भएपनि मेरो चाहीँ केहि घण्टा मात्रै भएपनि चलिनै रहेको छ र नियमित (सातामा ५ दिन)आउने जाने चलिनै रहेको छ । ट्रेन यात्रा अलि लामो भएकाले पढ्ने/लेख्ने तथा कहिले कहीँ मुभि हेर्नेसम्मको समय उपलब्ध हुन्छ त्यहि यात्रामा । यस्तो मनमौजी समयमा देखेको त्यो फोटोले मलाई यसकारण बढी आकर्षण गर्यो कि, त्यो नेपालजस्तै देखिने ठाउँ नेपाल नभएर जापानकै तोचिगी केनको रहेछ । जापानको तोचिगी केन जो, टोकियोबाट झण्डै २ सय किलोमीटर पर छ, त्यहाँ नेपालको झल्को दिने ठाउँ ? खुल्दुली लाग्यो र फोटोहरु दोहोर्याई/ तेहेर्याई हेरेँ । झन उत्सुकता बढ्यो र त्यो फोटो पोस्ट गर्नुहुने, सेन्दाई निवासी तेज अर्याल( जापानमा व्यवसायी तथा समाजसेवीको रुपमा परिचित हुनुहुन्छ) को ईनबक्समा म्यासेज गरेँ ।औपचारिक कुराकानी भन्दा बढी नहुने उहाँसंग सिधै त्यहि तस्बिरहरुबारे जिज्ञासा राखेँ, वहाँले केहि क्षणमा हेर्नुभयो र जवाफ दिनुभयो,कि यसबारे विस्तृत त थाह छैन तर यो नासु कोगेन भन्ने ठाउँमा छ । र उहाँसंग भएका थप केहिप्रति फोटोहरु पठाईदिनुभयो ।
फोटोग्राफी तथा लेखनमा अलि बढीनै चासो लाग्ने मलाई नेपाल झल्किने त्यि दृश्यहरुले मनमा डेरा जमाईनै रह्यो । घर पुगेँ अरु नियमित कर्मतिर लागेँ,संधै जस्तै सरसफाई सकिएपछि केहि समय विभिन्न समाचारहरुतिर आँखा डूलाएँ र भोलिपल्टको जापानकोभिड–१९ दैनिक अपडेटका लागि समाग्रीहरु तयार गरेँ । प्राय यी सबै कामहरु सकिँदा रातीको १ जति बज्ने गर्दछ । यो मेरो दैनिकीजस्तै हो । अलि ढिला सुत्ने बानी छ, त्यसैले अझै निन्द्रा लागेन र फेसबुक/ट्विटर हुँदै पछिल्ला दिनमा भर्खरै चलाउन थालेको टिकटकसम्म चाहर्न पुगेँ । ठिक त्यहि समय साँझको त्यि तस्बिरहरु याद आयो र तत्काल २४ सेकेन्डको एउटा सानो भिडियो बनाएँ र तत्कालै टिकटकमा अपलोड गरेँ । यस्तो थियो टिकटक भिडियो।
यो हो, जापानमा रहेका मिनि नेपाल, हेर्नुहोस् अनि सेयर गर्नुहोला
त्यसपछि लगभग २:१५ बजेतिर सुतेँ। जब बिहान उठेर टिकटक खोले त्यो भिडियोलाई रुचाउनेहरुको जमात त टन्नै एकत्रित भईसकेका रहेछन् । धेरैले लभ रियाक्ट गर्दै, त्यस ठाउँको बारेमा जिज्ञासा राखेका थिए । तर बिडम्बना त्यस ठाउँबारे त्यो भन्दा बढी मलाई केहि थाह थिएन । त्यसैले थप खोजेर जानकारी दिनुपर्ला भन्ने सोच्दै थिएँ । तर त्यहि बिचमा एकजना टिकटक प्रयोगकर्ताले काताकानामा त्यस ठाउँको नाम लेखि, पछिल्लो खण्डमा, अंग्रेजीमा thanks me later भनेर लेखिदिए । मैले तत्कालै रियाक्ट गरेँ रत्यो नामले गुगल सर्च गरेँ । साँच्चै त्यो त्यहि ठाउँ रहेछ “アジアンオールドバザール “

होम पेज रहेछ, राम्रो खालको । जहाँ त्यहाँको बारेमा सबै लेखिएको थियो हेरँ । बल्ल थाह भयो त्यहाँ नेपाल मात्रै होईन, नेपाल/भारत तथा थाईका झलकदिने भौतिक निर्माण तथा सामग्रीहरु पनि रहेछन् ।त्यहाँ सबैभन्दा बढी चाहीँ नेपालको पोखरालाई प्राथमिकतामा राखिए जस्तो देखेँ । कोहि नेपालीले नै गरेका रहेछन कि भन्ने सोचेर, होम पेज तथा फेसबुक पेजमा पनि हेरेँ खासैदेखिनँ । जापानीहरु मात्रै देखेँ । सबै खोजिसकेपछि बुझेँ त्यो एउटा व्यवसाय रहेछ । アジアンオールドバザール जसले अनलाईनमा पनि,कारोबार गर्दोरहेछ । नेपाल, भारत थाई लगायतका एसियन मुलुकका पुराना सामग्रीहरुको बजारिकरण गरिनेरहेछ ।
फोन नम्बर, ठेगाना सबै छ, र पनि मलाई खासै फोन गर्न मन लागेन, किनकि यत्ति मात्रै थाह पाउँदा मेरो मनमा जुन मिठो छाप छ, सबै थाह पाईसकेपछि त्यो मेटिन पनि सक्छ । बरु यदि कोरोनाको संकट समाप्त भएपछि समय व्यवस्थापन भएमा, एकपटक पुग्ने दृढता साँच्दै,मेरा टिकटक/युट्युव/फेसबुक तथा समाचार पोर्टल हेर्नुहुने तपाईँका लागि यत्ति लेखेँ – एउटा तस्बिरका कारण जापानमा भेटिएको मिनि नेपाल – アジアンオールドバザール
यदि यस ठाउँकोबारेमा थप बुझ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला
मेरो भन्नु,
परदेश बस्नेहरुलाई घरदेशको जत्ति चासो सायदै अरु केहि हुँदो रहेछ ! कोरोनाको यो महामारीमा पनि, मलाई त्यो दृश्यले मात्रैपनि एउटा अर्को यात्राको योजना बनाउन उत्साहित गरिदियो । सायद त्यसैले भनिएको रहेछ,जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !
थप तस्बिरहरु

तस्बिरहरु : तेज अर्याल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




