
टोकियो । जापानको टोकियोमा थप २ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । उनिहरु केहि दिन अघि संक्रमित पुष्टि भएका व्यक्तिसंगै कार्यरत रहेको स्रोतले बताएको छ । उक्त स्थानमा कार्यरत २ जना नेपालीहरुमा यस अघिनै संक्रमण पुष्टि भईसकेको छ । यो पछिल्लो संक्रमण बारे औपचारिकरुपमा राजदूतावास तथा अन्य संघसंस्थाहरुसम्म हालसम्म जानकारी नगराईएपनि, संक्रमितहरुसंगको अत्यन्तै निकट व्यक्तिबाट प्राप्त जानकारी अनुसार उनिहरुलाई हस्पिटलले कोरोना पोजिटिभ रिपोर्ट दिई, हाल उपचाररत छन् । यो संगै जापानमा संक्रमित नेपालीहरुको संख्या ६ जना पुगेको छ । यस मध्ये १ जनाले भने स्वास्थ्य लाभ लिई घर फर्किईसकेकी छन् ।
हालसम्म, संक्रमित पुष्टि भएको संख्या थोरै रहेता पनि, परिक्षणको क्रममा रहेका नेपालीहरुको संख्या धेरै रहेको बुझिन आएको छ । हामीले समाचारका माध्यमबाट प्रदान गरेका नेपाली समुदायका विभिन्न हटलाईन सेवाहरुमा प्राप्त फोनका आधारमा,हेर्दा, टोकियो,साईतामा,चिबा तथा खानागावाकेनमा भित्रमात्रै पनि लक्षण देखापरि परिक्षण गराएकाहरु ७ जनाभन्दा माथि रहेको बुझिन आएको छ ।
चारैतिर संक्रमण थपिँदैगर्दा पनि,अधिकाँस व्यवसायहरु संचालनमा रहनु, न्युनतम सुरक्षाका उपायहरु नअप्नाउनु,मानिसहरु बिचको सामाजिक दुरी घटाउनुका सट्टा मानिसहरुको भेला गराई एकै साथ खानपिन तथा नाचगान गर्नुजस्ता विविध कारणले महत्वपूर्ण भुमिका खेलेको देखिन्छ ।
हामी कामना गर्दछौँ कि, हालसम्म संक्रमित भएकाहरुको चाँडो निको होस् र परिक्षणमा रहेका सबै व्यक्तिहरुको रुपोर्ट नोगेटिभ आओस , संक्रमित थपिएको कुनै समाचार लेख्न नपरोस् । तर त्यसो हुनकालागि नेपाली समुदायले भरपुर सतर्कता अप्नाउनुपर्ने देखिएको छ। किनकि संक्रमित व्यक्ति तथा परिवारले समेत परिचय नखुलाईदिदाँ को- कहा संक्रमित भएको छ र उसले क कसलाई भेटेको छ भन्ने समेत जानकारी पाउन गाह्रो भई, संक्रमित व्यक्तिहरुको संसर्गमा रहेका व्यक्तिहरुले पनि,वेलैमा उपचारको पूर्व तयारी गर्न नपाउने अवस्थाले कतै नेपाली समाजमा भयभह स्थिती देखापर्ने त होईन भन्ने आशंका बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




