{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

टोकियो । शुक्रवार जापानभर ८७ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।एकैदिन पुष्टि भएको,  यो हालसम्मकै न्युन संख्या हो ।हिजो जापानका ४७ मध्ये ३२ ओटा प्रान्तहरुमा संक्रमण शुन्य रह्यो  । पछिल्ला दिन अधिकांश प्रान्तहरुमा संक्रमित घट्दै आएको छ।  शुक्रवार राती १० बजेसम्मको तथ्यांक्क अनुसार जापानमा आन्तरिक तथा बाह्य गरि कोरोना संक्रमितहरुको संख्या १६ हजार ४सय ६० जना पुगेको छ । यस मध्ये  ६ हजार ५ सय ४० जना संक्रमितहरुले स्वास्थ्य लाभ गरेका छन् भने,६ सय १९ जनाको निधनभएको छ । आउनुस् अव लागौँ ४७ ओटै प्रान्तका संख्यागत जानकारी तर्फ

+++++++

टोकियोमा शुक्रवार ३९ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा अधिक होभने, विगतका अन् यदिनका तुलनामा भने थोरै हो । यो संगै मे महिना लागेदेखिनै सुधार देखिएको टोकियोमा पछिल्ला दिनमा निरन्तरसंक्रमित संख्या घटिरहेको छ । हालसम्म टोकियोभित्र ४८ सय १० जना मानिसहरुमा संक्रमण पुष्टि भएको छ । आउनुस् अबजानकारी लिउँ टोकियो भित्रका विभिन्न वडाहरुमा संक्रमितको अवस्था बारे ।

+++++++++

जापानबाट तत्काल नेपाल जान चाहने नेपालीहरुको संख्या झण्डै १२ सय जना रहेको देखिएको छ । केहि दिन अघि एनआरएनएजापानले गरेको अनलाई सर्वेक्षणले सो कुरा देखाएको हो । शुक्रवार रातीसम्म सो सर्वेक्षणमा  फर्म भर्नेहरुमा, व्यवसायी, विद्यार्थी,जागिरे,एईजु होल्डर,प्रोफेसर, डिपेन्डेट लगायतका सबैप्रकारका भिसा स्टाटस भएका व्यक्तिहरु सहित ११ सय। ३५ जनारहेका छन् । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार, यि जानकारी दुतावास तथा आईसिसि समक्ष बुझाईएको छ ।यस भन्दा पछिको प्रकृया दुतावास तथा आईसिसिको पहलमा अगाडि बढ्नेछ । यद्यपी तत्काल जापानबाट नेपाल जाने कुरा केहिढिला हुनसक्नेछ । किनकि, अति प्रभावित खाडी मुलुकका हज्जारौँ नेपालीहरुलाई तत्काल उद्दार गरिहाल्नुपर्ने स्थिति छ । नेपालमाक्वारेन्टाईनको  तथा  आवश्यक सरकारी पहल पुग्न सकेको छैन । त्यसैले प्राथमिकताको आधारमा पनि जापानमा रहेका नेपालीहरुअन्य मुलुकको तुलनामा पछि पर्ने देखिएको छ ।

यद्यपी नेपालबाट जापान आउन चाहने व्यक्तिहरुका लागि भने अक निजी ट्राभलको पहल जारी रहेको र केहि दिनमै आउन सकिनेअनौपचारिक जानकारी प्राप्त भएको छ । त्यो प्रकृयामा एनआरएनए जापानको कुनै संलग्न भने रहेको छैन ।

+++++

जापानमा कोरोना भाइरसका कारण समस्यामा परेका बिद्यार्थीहरुलाई थप आर्थिक सहयोग गर्ने योजनाका बारेमा बहस चलेको छ ।शुक्रवार शिक्षामन्त्री कोइची हागिउदे र कोमेइतो पार्टीका महासचिव तेचुओ साइतो बीच यसबारे पहिलो पटक छलफल भएको हो ।

जापानमा कोरोना भाइरसका कारण पार्ट टाइम काम समेत घटि, आर्थिक समस्यामा परेका बिधार्थीहरुले पढाई छोड्न सक्ने  भन्दैकोमेइतो पार्टीका महासचिव तेचुओ साइतो र पार्टीका सदस्यहरुले शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्री माझ समस्यामापरेका बिधार्थीहरुलाई १ लाख येन सहयोग गर्न प्रस्ताव राखेका थिए ।

++++

जापान सरकारले कोरोनाका कारण आर्थिक मारमा परेका साना तथा मझौला व्यवसायहरुलाई नगद लाभ बाड्न सुरु गरेको छ ।शुक्रबारदेखि बढिमा २० लाख येनसम्म उपलब्ध गराउन सुरु गरिएको समाचारहरुमा जनाईएको छ ।

कोरोना भाइरसका कारण व्यवसायमा ५० प्रतिशत वा सोभन्दा बढि गिरावट आएका साना तथा मझौला व्यवसायीहरुले सरकारलेउपलब्ध गराउने सो, सहायता रकम प्राप्त गर्न सक्नेछन् । अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार कोरोना भाइरसका कारणबन्द भएका वा व्यापार घाटा भोगिरहेका ४ लाख भन्दा बढि व्यवसायीहरुबाट सहयोगका लागि आवेदन प्राप्त भएको छ ।

टोकियोको कुन-कुन वडामा कति जनामा कोरोना संक्रमण छ त ? सम्पूर्ण जानकारी

विदेशमा रहेका १ लाख २७ हजार नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार