
इन्दिरा खनाल/टोकियो । जापानमा कार्यरत नेपाली चिकित्सकहरुले कोभिड-१९ का कारण त्रासमा नबस्न नेपाली समुदायलाई आग्रह गरेका छन् । बुधबार ‘नेपाली समुदाय कोभिड–१९ अपातकालिन् सहयोग समिति’को आयोजनामा भएको अनलाईन पत्रकार सम्मेलनमा बोल्दै नेपाली चिकित्सकहरुले त्रासमा नबसी सतर्कता अपनाउन सुझाब दिएका हुन ।
उनीहरुले जापानमा कोरोना संक्रमितको संङख्या बढेपनि मृत्युको संङख्या कम रहेकोले सुरक्षित रहन आग्रह गरे । कोभिड-१९ का कारण जापानमा अहिले सम्म १६ हजार बढी संक्रमीत भएका छन भने ६ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये अधिकांश ५० वर्ष माथीका रहेकोले नेपाली समुदाय आत्तिहाल्ने अवस्था नरहेको नागोया सेन्ट्रल हस्पिटलमा कार्यरत न्युरो सर्जन डा. लुसुन चालिसेले बताउनुभयो । उहाँले जापानमा रहेका नेपालीहरु युवा भएकोले संक्रमित भईहाले पनि छिटै निको हुने विश्वास व्यक्त गर्नुभयो ।
जापानमा अहिलेसम्म ७ जना नेपालीमा कोरोना संकंमित पुष्टी भएको छ । जसमा ३ जना निको भई घर फर्किसकेका छन् ।
त्यस्तै अर्का डा. सन्दिप शाक्य र ससीम पौडेलले सामाजिक दुरी कायम गर्न सके कोरोनाको संक्रमणबाट बच्न सकिने बताउनुभयो । उहाँहरुले ३ वटा ब लाई पालना गर्न पनि आग्रह गर्नुभयो । ३ वटा ब जस्तै बन्द कोठामा नबस्ने, बढी भिडभाडमा नजाने र बढी नजिकको सम्बन्ध नराख्ने गर्दा पनि कोरोनाको संक्रमण नहुने प्रष्ट पार्नुभयो । कार्यक्रमको सम्बोधन गर्दै जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले सुरक्षित रहन सबै नेपालीलाई अपिल गर्नुभयो ।
एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले कोरोनाको विपतलाई सबैले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीले सहजीकरण गर्नुभएको कार्यक्रममा पत्रकारले आ-आफना जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




