
ईन्दिरा खनाल टोकियो । कोभिड- १९ को प्रकोप बढेसंगै जापानका अधिकांश कन्विनियन्स स्टोरले काउन्टरको अगाडी बाक्लो सेतो प्लास्टीक लगाएका छन् । २४ सै घन्टा सेवा दिदै आएका यस्ता स्टोरले कामदार र उपभोक्ता बीच कोरोना संक्रमणको जोखिम कम गर्न यस्तो बिधी अपनाएका हुन् । यस्ता स्टोरहरुमा दैनिक उपभोग्य सामग्रीको खरिद बिक्री हुने गर्दछ । सामान खरिद र बिक्री गर्दा उपभोक्ता र कामदारको प्रत्यक्ष सम्पर्क र हेलमेल हुदा जोखिमको दर पनि बढ्ने देखिन्छ । जोखिमलाई कम गर्न र कामदारलाई बचाउन प्लास्टीक लगाएको संचालकहरु बताउछन् ।

यस्ता सेवा प्रदाय स्टोरहरुमा समान खरिद पछी बसेर खान, फोहोर फाल्न र शौचालय प्रयोग गर्ने समेत व्यवस्था हुन्छ । अन्य समय खचाखच हुने ती ठाउँहरु कोरोनाको कारण केही समय बन्द गरिएको छ । सरसफाई गर्दा र एउटै शौचालय प्रयोग गर्दा संक्रमणको जोखिम बढ्ने हुन्छ त्यसैले पनि तत्कालका लागी बन्द गरेको संचालकको साझा भनाई छ ।
“कामदार हाम्रा सम्पती हुन, यिनलाई बचाउने हाम्रो दायित्व हो” नाकानो सेभेन ईलावेनका एक संचालक बताउछन् । कामदारका लागि आवश्यक पर्ने माक्स, अल्कोहल, पन्जा, सेनिटाईजर समेत उपलब्ध गराएको छु उनले थपे ।

९५ हजार नेपाली रहेको जापानमा ठूलो हिसा विद्यार्थी र डिपेन्नेनको छ । त्यही ठूलो हिसाले कम्विनियन्स स्टोरमा काम गर्छ । कोरोनाकै कारण बेरोजगार भएपछि धेरैको विकल्प कम्विनीयन्स स्टोर बनेको छ । संक्रमितको संङख्या बढेसंगै जोखिम पनि बढेको थियो । डराई डराई काम गर्नु परेको थियो । प्लास्टिक लगाएपछि केही सुरक्षित महसुस भएको छ मिताकाको लोसनमा काम गर्ने एक नेपाली युवतीले भनीन् । यसरी लगाईएका प्लास्टिकले बोल्दा हाछ्यु गर्दा र खोक्दा उछिट्टीने छिट्टालाई रोक्ने हुदा थोरै भएपनि जोखिमको दर कम हुने देखिन्छ ।
सिन्जुकुको सेभेन ईलावेनमा काम गर्ने गंगा ढकाल कोरोनाकै त्रासका कारण बिदा बसिन । सबै प्रकारका मान्छे आउने र सामाजिक दुरी कायम नहुदा बिदा बसेको उनले बताईन । १ महिना बिदा बसी काममा फर्कदा दंग परिन । काउन्टरको अगाडी प्लास्टीक लगाएको, शौचालय र बसेर खाने ठाउको प्रयोगमा बन्देज गरिएका कारण सुरक्षित हुने महसुस गरीन् । ढकाल भन्छिन “पहिले सबै खुल्लै थियो, रेजी गर्न डर लाग्थ्यो” अहिले सुरक्षित महसुस भएको छ ।”
ढकाल संगै कम्विनियन्स स्टोरमा काम गर्ने धेरै नेपालीले मानसिक रुपमा सुरक्षित भएको सुनाउने गरेका छन् ।
कम्विनियन्स स्टोरमा काम गर्दा भाषागत दक्षता पनि बढ्ने ।
जापानमा काम गर्ने अधिकांश नेपालीलाई भाषाको ठूलै समस्या छ । चाहे त्यो काम गर्ने शिलशिलामा होस् चाहे दैनिक उपभोग्य सामग्री खरीदमा होस् । अग्रेजी भाषा त्यती प्रयोगमा नआउने र जापानीज भाषालाई नै प्राथामिकता दिएका कारण भाषागत ज्ञान हुनै पर्ने देखिन्छ । सामान्य हिडडुल गर्दा, ट्रेन चढ्दा ,पसल जादा, अस्पताल जादा, सरकारी कार्मकाज गर्दा जापानी भाषा अनिवार्य जान्नुपर्छ । भाषागत समस्याका कारण नेपालीहरु जोखिमयुक्त काम गर्न बाध्य छन् । यामातो, बेन्तो, लन्ड्री, बेड मेकिङ, विमान सरसफाई जस्ता अप्ठयारा काम गर्नुपर्ने बाध्यता छ । ती कामहरु शारिरीक हिसावले पनि निकै कठीन हुन्छन । त्यस्ता ठाउँहरुमा काम गर्दा न सुरक्षित हुन्छ न भाषागत विकास नै हुन्छ । कन्विनियन्स स्टोरमा काम गर्दा भाषागत दक्षता बढेको धेरै नेपालीको अनुभव छ । बिभिन्न प्रकारका मानिसहरु किनमेलका लागी आउने र बोल्न पर्ने हुदा सामान्य बोल्न सकिने भएको नेपालीको भनाई छ । ५ वर्ष अघि श्रीमानको डिपेन्डेन भीजामा जापान आएकी नेपाली महिला ३ वर्ष बेड मेकिङको काम गरीन् । तर उनलाई जापानी भाषा केही बोल्न नआएको गुनासो सुनाईन् । पसलमा जादा सामान किन्न र चिन्न नसक्ने उनी लोसनमा काम गर्न थालेपछि बोल्न सक्ने भएको बताईन् । उनी भन्छिन, “ सामान चिन्ने र बोल्न सक्ने भएकी छु ।” पहिला बजार जादा अरुको सहयोग लिनु पर्थ्यो अहिले अरुलाई सहयोग गर्न सक्छु उनले थपीन् । उनी जस्तै धेरै नेपालीको कन्विनियन्स स्टोरमा काम गर्दा गर्दै भाषागत दक्षता बढेको छ ।
यसरी कन्विनियन्स स्टोरहरुले अप्नाएको सतर्कताका कारण हुनसक्छ, जापानमा यस्ता स्थानहरुमा एकाध स्थान बाहेक खासै कोरोना संक्रमणका घटनाहरु बाहिर आएनन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




