{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

टोकियो । बुधबार जापानभर ३५ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जापानभर हालसम्म संक्रमित संख्या १७ हजार १ सय ३८ जना पुगेको छ । यस मध्ये  १२ हजार ९ सय२२ जना संक्रमितहरुले स्वास्थ्य लाभ गरेका छन् भने ७ सय ९७ जनाको निधन भएको छ ।

बुधबार,सबैभन्दा धेरै संक्रमित खानागावा केनमा पुष्टि भएका छन् । प्रान्त सरकारको जानकारी अनुसार हिजो खानागावाकेनमा १८जना मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।अन्य दिनहरुको तुलनामा बुधबार संक्रमण शुन्य देखिने प्रान्तहरु बढेका छन् । हिजो ४१वटा प्रान्तहरुमा कुनैपनि संक्रमित पुष्टि भएका छैनन् । संक्रमित देखिएका स्थानहरुमा पनि, पहिले भन्दा सुधार हुँदै- होक्काईदोमा १जना,तोचिगीकेनमा २ जना,टोकियोमा ५ जना,साईतामा केनमा ५ जना र चिवा केनमा १ जना मात्रै देखिएको छ ।

जापानभरको तथ्यांक्कलाई हेर्दा जापानमा अब, कोरोना महामारी बन्न सक्ने सम्भावाना टरेको छ । बाँकी रहेका ८ वटा प्रान्तहरुको आपतकालिन् अवस्था पनि हटाउने तयारी भईरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार