{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590129460101","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590128419155","source":"other","origin":"unknown"}

टोकियो । मंगलबार आपनै कोठामा मृत्यु भएका पोखरा निवासी सुविन सुवेदीको शुक्रबार विहान दाहसंस्कार सम्पन्न भएको छ ।

कास्की पोखरा समाज जापानको सक्रियतामा सम्पन्न
भएको दाहसंस्कारमा मृतक सुवेदी प्रति श्रद्धान्जली सभाको आयोजना गर्दै मृत आत्माको चिरशान्तीको कामना गर्दै मौनधारण गरिएको थियो । श्रद्धान्जली सभामा एनआरएन जापानका अध्यक्ष देविलाल भन्डारी कास्की समाज जापानका अध्यक्ष बिकास श्रेष्ठ, पन्चासे समाज जापानका अध्यक्ष जीवन गुरुङ लगायत कास्कि पोखरा समाज जापानका पदाधिकारीहरू मृतक सुवेदीका साथिहरु लगायतका ब्यक्तिहरुको सहभागितामा अत्येष्ठी कार्यक्रम सम्पन्न भएको कास्की पोखरा समाज जापानका उपध्यक्ष एवं सहयोग समितिका संयोजक संदेश अधिकारीले दिएको जानकारी दिनु भयो ।

रोजगारीका लागि ४ बर्ष अधि जापान आएका पोखरा ५ पस्याङ घर भएका सुवेदीको मंगलबार विहान मस्तिष्कघातका कारण सुतेको स्थानमा नै मृत्यु भएको थियो ।

सुबेदीको श्रीमती सहित ४ बर्षको छोरी छन ।

पोखराका सुबेदीको मस्तिष्कघात भई जापानमा मृत्यु, दाहसंस्कार जापानमा नै गरिने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार