{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590276459510","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590276459494","source":"other","origin":"gallery"}

टोकियो । शनिबार  जापानभर जम्मा २४ जना मानिसहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्ला केहि दिन यता जापानमा संक्रमण निरन्तर घट्दोक्रममा रहेको छ । शनिबार थपिएको संख्यासंगै जापानभर हालसम्म संकजहुनेहरुको संख्या १७ हजार २ सय ८१ जना पुगेका छन् । संक्रमित मध्ये १३ हजार ८ सय ८० जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने  ८ सय ३८ जनाको निधन भएको छ । यसरी डाटाहरुलाई विश्लेषण गर्दा अब उपचाररत विरामीहरुको  संख्या केवल २५ सय जना जति रहेको छन् । गत अप्रिल मध्येतिर दैनिक ६ सय जनाको हाराहारीमा संक्रमित देखिएको जापान अहिलेको यो न्युन संक्रमणको स्थितिमा आईपुग्नु जापानवासीहरुको त खुसी कुरा हो नै, संगै अन्य मुलुकको लागि पनि उदाहरण बन्न पुगेको छ ।

एक चरणको संक्रमण नियन्त्रण गर्न सफल जापान सरकार अव अर्थतन्त्रलाई चलायमान बनाउने  लागिपर्नेछ । त्यसैले टोकियो लगायत ४ वटा प्रान्तहरुमा बाँकी रहेको आपतकाल पनि सोमबार बाट हटाउने तयारी भईरहेको जापानी समाचार माध्यमहरुले जनाएका छन् ।

शनिबार,होक्काईदोमा ८ जना, टोकियोमा २ जना, खानागावाकेनमा ५ जना, साईतामा केनमा १ जना,ईसिखावाकेनमा १ जना,आईचिकेनमा १ जना,सिगाकेनमा १ जना  र एहिमेकेनमा १ जना संक्रमित देखिएका हुन् । बाँकी ३९ वटा प्रान्तहरुमा भने संक्रमण शुन्य रहेको छ ।

शनिबार टोकियोमा २ जनामा मात्रै कोरोना संक्रमण पुष्टि, सोमबार आपतकाल हट्ने सम्भावना( अपडेट)

जापान पुरानै दैनिकीमा फर्किँदै, शुक्रवार जापानभर २३ जनामा मात्रै कोरोना संक्रमण

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार