टोकियो । लकडाउनका कारण नेपालमै रहन पुगेका जापान आउन चाहने नेपालीहरुलाई लक्षित गरि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले टोकियो तथा फुकुओकामा चार्टर्ड फ्लाईटको व्यवस्थापन गरेको छ ।

मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार, पहिलो उडान आज  २४ तारिख राती ९ बजे  टोकियोका लागि हुनेछ भने  दोस्रो उडान २६ तारिख  क्युसुको फुकुओकाको लागि तय भएको छ । टोकियोमा भने यस अघि पनि अन्य कम्पनीले ३ उडान गरिसकेका छन् भने २६ तारिख फुकुओकामा हुने उडान क्युसु क्षेत्रकै लागि पहिलो चार्टड फ्लाईट हो ।

समस्यामा परेका यात्रुहरुलाई गन्तव्यमा पुराउनु मुख्य उदेश्य भएकाले, अन्य कम्पनीको भन्दा कम शुल्लकमा उडान भरेको बताउने ट्राभलले,ईकोनोमी क्लासको लागि ११ सय डलर तथा बिजनेस क्लासका लागि १५ सय डलर कायम गरेको छ । दुवै फ्लाईटाका लागि बुकिंङ पुरा भईसकेको छ ।

प्रबन्ध निर्देशक बस्नेतका  अनुसार,  २४ तारिखको टोकियो उडानमा २ सय ७० जना यात्रुहरु आउनेछन् । यसमा १/२ जना बाहेक सबै नेपाली यात्रुहरु  रहेका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार