टोकियो । विश्वनै कोभिड-१९ को महामारीमा फसेको समय, जापानमा पनि ठूलो प्रभाव पारेको छ । भलै मानविय क्षतिका दृष्टिकोणले त्यति ठूलो प्रभाव देखिँदैन । जापानले एक चरणको संक्रमण तुलनात्मकरुपमा आशा गरिएभन्दा तीब्रगतिमा नियन्त्रण लिन सफल भएको छ । यद्यपी ईतिहासमै पहिलो पटक घोषणा गरिएको आपतकाल, विश्वसंगको हवाईसम्बन्ध विच्छेद, उद्योग/कलकारखाना तथा  सबैप्रकारका कम्पनीहरुको प्रत्यक्ष संचालन बन्द लगायतका कारणहरुले यहाँको अर्थतन्तन्त्र केहि समय उठ्न बढो मुस्किल हुनेगरि खस्किएको छ । यो आजको विश्वको यथार्थ हो, यो वर्तमान सत्यलाई नकार्न सकिदैन । कोभिड-१९ का कारण मानिसहरुको चहलपहल शून्य देखिएका साविकका भिडभाड पूर्ण स्थानहरुको तस्बिरले मनमा एउटा प्रश्न उठाईरहेको छ, कि यति विकशित र व्यवस्थित मुलुक त यो अवस्थामा पुग्यो भने,विगत २ महिनादेखि पूर्ण लकडाउनमा रहेको विकासोन्मुक तथा प्रशासनिक व्यथितिहरु विद्यमान हाम्रो मुलुकको हालत के होला ?

तस्बिरहरु: सामाजिक संजालबाट लिईएको

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार