{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591548896451","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591548896445","source":"other","origin":"unknown"}

टोकियो । जुन ७ तारिख आईतबार, जापानभर ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा घटेको हो ।
आईतबार टोकियोमा १४ जना, होक्काईदोमा ४ जना,खानागावाकेनमा ५ जना,चिबाकेनमा ३ जना , फुकुओकाकेनमा ३ जना,यामानासीकेनमा १ जना, आईचिकेनमा १ जना,र ओसाकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
आईतबार जापानमा विगत ३ महिना यताकै पहिलो पटक कोरोनाका कारण मुत्यु शुन्य रह्यो । आईतबार उपचाररत कसैको पनि कोरोनाका कारण निधन भएको छैन । अन्य दिनमा कम्तिमा पनि दैनिक ४ जनासम्मको निधन हुने गरेको थियो ।

आईतबारसम्ममा जापानभर संक्रमित संख्या १७ हजार ८ सय ४ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ६ सय १५ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय ३२ जनाको निधन भएको छ ।

आईतबार टोकियोमा १४ जनामा कोरोना संक्रमण, अघिल्लोदिनको तुलनामा घट्यो

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार